अर्थ बाणिज्य / समाज
Wednesday, 18 Jun, 2025
नेप्से १.०७ अंकले घट्यो, ९ अर्ब बढीको शेयर कारोवार

बुधबार नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १.०७ अंक घटेर २६५३.६८ विन्दुमा झरको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन साढे ७ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
पियोर इनर्जीको शेयर निरन्तर १२ औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन जोशी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने युनियन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।







