Exclusive News Monday, 26 Feb, 2024
Prestige Media

‘हावाको कुरा गरौं’ अभियान सुरु, हिँड्ने संस्कृतिलाई प्रोत्साहन

काठमाडौं– सहरी क्षेत्रमा बढ्दै गएको वायुको गुणस्तर सुधारका लागि समुदायको सहभागिता र सचेतना बढाउन हाँडीगाउँबाट ‘हावाको कुरा गरौं’ अभियान सुरु भएको छ।
काठमाडौं महानगरले युएसएड, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा अभियान थालनी गरेको हो।
अभियानमा सवारीसाधन प्रयोगलाई कम गराउने, सवारी प्रयोग नगर्दा हुने ठाउँमा नचलाउने, यसको सट्टा हिँड्ने संस्कृति बढाउँदै लैजानेलगायत क्रियाकलाप हुनेछन्। यो सांस्कृतिक विकासका लागि आवश्यक पर्ने सहरी पूर्वाधार निर्माण गर्ने, सामाजिक र सांस्कृतिक क्रियाकलापलाई पर्यटन व्यवस्थापनसँग जोडेर स्थानीयको आयमा टेवा पु¥याउने, परम्परागत उद्यम तथा उद्यमशीलताको विकासलाई प्रवर्द्धन गरिनेछ।
यस्ता क्रियाकलापबाट काठमाडौंका सम्पदाको संरक्षण र प्रवर्द्धन तथा वातावरणीय सुधारमा टेवा पुग्ने र मौलिकपन र जीवन्तता पुनःस्थापना हुने अपेक्षा गरिएको छ।
यसअघि पनि हाँडीगाउँमा यस प्रकारका क्रियाकलाप सञ्चालन गरिएका थिए। सवारी प्रवेश निषेध गरिएका ठाउँमा हाँडीगाउँको मौलिक जीवन पद्धतिसँग सम्बन्धित कला तथा सीप (सुकुल बुन्ने, काष्ठकला, माटोका भाँडा बनाउने), रञ्जना लिपि लेखन सिप, मौलिक खाना, परम्परागत वाद्यवादन, गायन तथा नृत्य र मौलिक सामाजिक खेलसहितको सडक महोत्सव गर्ने गरिएको छ।
कला, साहित्य, सिर्जना र सहरी वातावरण सुधारका लागि काम गर्ने विभिन्न संघ संस्थाहरुले सूचना तथा जानकारीमूलक प्रदर्शनी गर्ने गरिएको छ।
यी क्रियाकलापबाट सामाजिक सद्भाव वृद्धि, मौलिकताको जगेर्ना र वायुको गुणस्तर सुधारमा सहयोग पुग्नुका साथै स्थानीयको अपनत्व वृद्धि भएको छ ।
काठमाडौंको मौलिकता पुनःस्थापनामा हाँडीगाउँबाट थालिएको अभियान महानगरका अन्य स्थान तथा क्षेत्रसँगै उपत्यकाभित्र विस्तार हुनेछ। यो प्राचीन सहरको मौलिकपन फिर्ता गराउने प्रयासको प्रारम्भ भएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

शिक्षा मन्त्रालयद्वारा राजनीतिक दलमा लागेका शिक्षकको कार्यसमिति विवरण उपलब्ध गराइदिन आयोगलाई आग्रह

तिब्बतमा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक

माथिल्लो अरुण र दूधकोसी आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन प्रयोग गरिँदै

राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न काटियो परिपत्र, के गर्लान् कांग्रेस, एमालेरु

बालबालिकालाई भिटामिन र जुकाको औषधी खुवाइँदै

एसीसी प्रिमियर कपः नेपालले साउदीलाई ६ विकेटले हरायो

एन्फा उपाध्यक्ष लामा पक्राउ

रुपन्देहीको रोहिणी खोलामा पेट्रोलियम भण्डारणगृह निर्माण गरिने, भलबारी डिपो सारिने

निर्वाचन
आचारसंहिता पालन नगरे कारबाही

नवदुर्गाको पूजाआराधना गरी मनाइँदै चैते दसैं

प्रधानमन्त्री प्रचण्डले गरे नागढुंगा सुरुङमार्गको ‘ब्रेक थ्रु’, एक वर्षपछि सञ्चालनमा आउने

मतदाता नामावली अद्यावधिक पुनः सुरु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL