प्रमुख समाचार Wednesday, 24 Jan, 2024
Prestige Media

भिजिट भिसामा कडाइ, गृहले जारी ग¥यो १३ बुँदे निर्देशन

काठमाडौं– गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले भ्रमण भिसामा विदेश जाने नेपाली ठगीमा पर्न थालेपछि भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकका लागि १३ बुँदे नयाँ यात्रा परामर्श (ट्राभल एड्भाइजरी) र ६ बुँदे कार्यविधि जारी गरेको छ ।
अध्यामगन विभागबाट आजदेखि लागू हुने गरी उक्त यात्रा परामर्श र कार्यविधि जारी गरिएको विभागका निर्देशक एवं सूचना अधिकारी प्रेमप्रसाद दाहालले बताए।
‘भिजिट’ र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी कार्य भएको जानकारी दिँदै यात्रा एड्भाइजरीमा यस्तो भिसा लिएर विदेशमा गई कामको खोजी गर्दा सम्बन्धित देशको कानुनअनुसार कारबाहीमा परिने र विभिन्न प्रकारका समस्या भोग्नुपर्ने भएकाले सचेत हुन आग्रह गरिएको छ।
भिजिट वा पर्यटक भिसामा यात्रा गर्ने यात्रीले नक्कली कागजात पेस गर्ने, झुटो विवरण तयार गर्ने, भिसाको उद्देश्य विपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्नेजस्ता गतिविधिबाट सिर्जित अवस्था सम्बन्धमा व्यक्ति स्वयं जिम्मेवार हुने जनाइएको छ।
यसैगरी, श्रम गन्तव्य मुलुक कुवेत, ओमन, संयुक्त अरब इमिरेट्स र बहराइनजस्ता देशमा विचौलियाको प्रभावमा महिलालाई भिजिट वा पर्यटक भिसामा पुगी ‘वर्किङ’ भिसामा परिणत गराउने र त्यस्तो कार्यबाट महिलालाई विभिन्न प्रलोभनमा पारी बढी रकम असुल गरी ठग्ने, रोजगारदातासँगको मिलेमतोमा असुरक्षित र अमर्यादित श्रम कार्यमा संलग्न गराउन सक्नेतर्फ पनि सचेत गराइएको छ।
तोकिएभन्दा अन्य गन्तव्य मुलुकमा पठाउने, असंगठित र घरेलु प्रकृतिका जोखिमयुक्त कार्यमा संलग्न गराउने, सामाजिक सुरक्षाबाट वञ्चित हुनुपर्नेजस्ता सम्भावना रहेकाले काम गर्ने मनसायले विदेश जाँदा भिजिट वा पर्यटक भिसामा नगई वर्किङ भिसामा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर मात्र प्रस्थान गर्न विभागले अनुरोध गरेको छ।
विभिन्न मुलुकमा भिजिट वा पर्यटक भिसामा गएका केही नेपाली यात्री उल्लिखित मितिमा फर्कने गरेको नपाइएकाले असमान्य परिस्थितिबाहेक अन्य अवस्थामा तोकिएको मितिभित्र स्वदेश फर्कन पनि अनुरोध गरिएको छ।
व्यक्ति स्वयं जिम्मेवार हुने हुनाले समयमै स्वदेश फर्कनेछु भनी स्वःघोषणा गरेर मात्र भिजिट भिसामा जान र विदेश प्रस्थान गर्नुअघि सम्बन्धित देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राखेर मात्र भ्रमण गर्न पनि आग्रह गरिएको छ।
विदेश यात्रामा नेपालको विमानस्थलबाट मात्र यात्रा गर्न, एनओसी लेटर लिएर यात्रा गर्न र महिलाको हकमा भारतका विमानस्थल भएर तेस्रो मुलुक यात्रा गर्दा भने थप सजगता एवं सावधानी अपनाउन पनि अनुरोध गरिएको छ। श्रम स्वीकृति लिएर विदेशमा पठाउने भनी आश्वासनसहित रकम माग गरेमा सो रकम बुझाउनुपूर्व सो इजाजतपत्रवाला संस्थाको आधिकारिकताको कागजात माग गर्न भनिएको छ।
शैक्षिक परामर्शदाता, ट्राभल्स एजेन्सी वा कुनै व्यक्तिले वैदेशिक रोजगारमा पठाइदिन्छु भनी आश्वासन दिई रकम मागेमा रकम नबुझाउन आग्रह गरिएको छ।
वैदेशिक रोजगारीमा पठाउने इजाजत प्राप्त संस्थालाई नेपाल सरकारले तोकेको न्यूनतम रकम मात्र बुझाई सोको रसिद लिन आग्रह गर्दै विभागले एजेन्टको व्यवस्था नभएकाले झुटा आश्वासन दिएमा विश्वास नगर्न पनि भनिएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

शिवपुरीमा ढुंगाले हिर्काएर सरिता तिवारीको हत्या गरेका आरोपितको बयान– मरेको यकिन भएपछि खाल्डो खनेर पुरेँ”

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

जितले मान्यता जोगिने आशा जीवितै

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

प्रधानमन्त्रीको शपथ ग्रहणमा सांस्कृतिक विविधता: मिथिला आर्टदेखि सिलाम साक्मा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL