Breaking News Sunday, 27 Aug, 2023
Prestige Media

सन्दीपविरुद्धको मुद्दामा पुनः सुनुवाइ

काठमाडौं– आजदेखि क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनः सुनुवाइ हुँदै छ ।यसअघि ३२ साउनदेखि निरन्तर सुनुवाइ हुने भनिए पनि पीडितकी आमाका दुई वटा जन्मदर्ता देखिएपछि अदालतले जन्ममिति यकिन गर्न आदेश दिएपछि स्थगित भएको थियो।

किशोरीमाथि बलात्कार आरोप लागेको मुद्दामा सन्दीपले पेस गरेको पीडितको जन्म दर्ताको वैधानिकतामाथि प्रश्न उठाइएको छ।सर्वोच्च अदालतले १५ फागुनमा फास्ट ट्रयाकबाट मुद्दाको टुंगो लगाउन आदेश दिए पनि जिल्ला अदालत काठमाडौंमा सुनुवाइ लगातार हुन सकेको छैन।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरुद्ध गत वर्षको २१ भदौमा एक नाबालिगले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो।

२० असोजमा नेपाल फर्किएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेपछि अदालती प्रक्रिया थालिएको थियो।काठमाडौं जिल्ला अदालतले १८ कात्तिकमा सन्दीपलाई पुर्पक्षका लागि थुना पठाउने आदेश दिएको थियो।सन्दीपले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए। २८ पुसमा उच्च अदालतले विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न नपाइनेलगायत सर्त राखेर सन्दीपलाई २० लाख धरौटीमा ससर्त रिहा गरेको थियो।

त्यसपछि सन्दीप उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका थिए। क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले १२ फागुनमा सर्वोच्चमा रिट हालेका थिए।सर्वोच्चले सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL