Breaking News Wednesday, 28 Sep, 2022
Prestige Media

राप्रपामा वरिष्ठ उपाध्यक्ष बने रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीबाट राजीनामा दिएपछि राप्रपामा प्रवेश गरे मिश्र

काठमाडौं– विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष भएका छन् ।

बुधबार काठमाडौमा आयोजित एकता घोषणा सभामा शंखघन्ट बजाएर वटुकबाट स्वस्तिवाचन गरी एकता घोषणा गरिएको थियो । एकता घोषणा कार्यक्रममा राप्रपा नेताहरुसँगै मिश्रले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेका थिए ।१० दिनभित्र पार्टीमा अन्य तहगत एकता गरिने भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले घोषणापत्रमा हस्ताक्षर गरेर एकअर्कालाई बाँडे ।

कार्यक्रममा पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले मिश्र नेतृत्वको विवेकशील साझा समूहसँगको एकता प्रक्रियाका क्रममा आफूमाथि कतिपयले एकता विरोधी भनेर प्रचार गरे पनि पार्टी एकताकै पक्षमा रहेको प्रस्टीकरण दिए ।

नेता तामाङले राप्रपाको कयौं विभाजनमा पनि आफू एकताको पक्षमा रहेको र अहिले पनि एकताका लागि लागिपरेको बताए । ‘म पार्टी एकता विरोधी होइन । भन्न त कतिपयले एकताका क्रममा एकता विरोधी भनेरसमेत प्रचार गरे । तर म सधंै एकताको पक्षमा रहँदै आएको छु’, तामाङले भने ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

रास्वपा सांसद ढकाल भन्छन्- सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL