ज्योतिश बास्तु तथा धर्म Monday, 29 Aug, 2022
Prestige Media

पाशुपत क्षेत्रमा मासु, मदिरालगायत बिक्री प्रतिबन्ध

तिजका लागि सोमबारदेखि चारकिल्ला तोकेरै मदिरालगायत बिक्री वितरणमा रोक लगाइएको हो ।

काठमाडौं– काठमाडौं जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि पाशुपत (पशुपति मन्दिर वरपर) क्षेत्रमा मासु, मदिरालगायत बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएको छ ।तिजका लागि सोमबारदेखि चारकिल्ला तोकेरै मदिरालगायत बिक्री वितरणमा रोक लगाइएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सार्वजनिक सूचना जारी गर्दै धार्मिक, साँस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो नियम लगाइएको उल्लेख गरेका छन् ।

तोकिएका चार किल्लाभित्र मासु, मदिरा, नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने सूचनामा उल्लेख छ ।
कसैले यो सूचना उल्लंघन गरे कारबाही गर्ने चेतावनी जिल्ला प्रशासन कार्यालयले दिएको छ ।‘गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सीमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL