मनोरञ्जन
Monday, 6 Jun, 2022
फिल्म ‘दोख’को टिजर सार्वजनिक
अनुप बराल निर्देशित फिल्म ‘दोख’को टिजर ट्रेलर आइतबार युट्युबमार्फत सार्वजनिक भएको छ । सशस्त्र द्वन्द्वको परिवेशमा आधारित फिल्मलाई राजन कठेतले लेखेका हुन् ।द्वन्द्वकालमा सामुदायिक वनको मुद्दालाई लिएर दुई गाउँको किचलोको कथा फिल्ममा प्रस्तुत छ ।
शैलेन्द्र कार्कीको छायांकन निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मको निर्माता सविन ज्ञवाली र मनोज अधिकारी हुन्। कार्यकारी निर्मातामा भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले थापा रहेको फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोयदीप श्रेष्ठ, कमल देवकोटा लगायतको अभिनय छ ।







