Breaking News Wednesday, 6 Jan, 2021
Prestige Media

जहाँबाट कोरोना आयो, त्यहाँ जान रोक

विश्व स्वास्थ्य संगठनको कोरोना भाइरस जाँच टोलीलाई चीन प्रवेशमा अवरोध

एजेन्सी

कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गर्न चीन जान लागेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीलाई रोकेको छ ।
डब्लुएचओबाट खटिएको उक्त टोलीका सदस्यहरूको भिसा स्वीकृत नभएको जनाउँदै चीनले प्रवेशमा रोक लगाएको द गार्डियनले जनाएको छ । तर, केही सदस्यहरू चीनका लागि उडिसकेका छन् ।
डब्लुएचओ महानिर्देशक टेड्रोस अडानोम गेब्रियससले संगठनको टोलीलाई प्रवेश गराउन चिनियाँ अधिकारीहरूसँग सम्पर्क गरिसकेको बताएका छन् ।
‘यो समाचारबाट म एकदमै निराश छु, दुई सदस्यले आफ्नो यात्रा सुरु गरिसकेका छन् र अन्तिम समय अरूले भ्रमण गर्न पाएनन्,’ उनले भने, ‘तर चिनियाँ उच्च अधिकारीहरूको सम्पर्कमा छु । यो मिसन डब्लुएचओ र अन्तर्राष्ट्रिय टिमका लागि महत्वपूर्ण रहेको प्रस्ट पार्न चाहन्छु ।’
संगठनले विभिन्न राष्ट्रका विज्ञ भएको टोलीलाई केही महिनाका लागि वुहानमा अध्ययन गर्न पठाउने योजना बनाएको थियो । यसका लागि उसले गत जुलाईदेखि नै चिनियाँ अधिकारीहरूसँग वाता सुरु गरेको थियो । वैज्ञानिकहरूले यो भाइरसको उत्पत्ति कसरी भयो र मानिसमा कसरी स¥यो भन्ने विषय बुझ्न आवश्यक रहेको बताउँदै आएका छन् ।
डब्लुएचओको टोली वुहानमा सुरुमा देखिएका संक्रमणबारे अध्ययन गर्न जान लागेको हो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

रास्वपा सांसद ढकाल भन्छन्- सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

राजनीतिक उतारचढावबाट नआत्तिन रविको आग्रह : सिट बेल्ट बाँध्नुहोस्, गन्तव्यमा सुरक्षित पुर्‍याउँछौँ

देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL