Exclusive News
Friday, 4 Dec, 2020
दोस्रो बिहे गर्दै नायिका श्वेता
नायिका श्वेता खड्काले पुनः विवाह गर्ने भएकी छन् ।
यसअघिका श्रीमान नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको ६ वर्षपछि नायिका खड्काले दोस्रो विवाह गर्न लागेकी हुन् ।
नायिका खड्काले आउँदो २२ मंसिरमा बिहे गर्ने मिति तोकिएको सञ्चार माध्यमसँग बताएकी छन् । त्यसका लागि निम्तो कार्डसमेत बाँडिसकिएको छ ।
नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । उनीहरूबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको बताइन्छ ।







