Breaking News Sunday, 18 Oct, 2020
Prestige Media

यो वर्ष राष्ट्रपतिदेखि पूर्वराजासम्मले दसैं टीका नलगाइदिने

कोरोना महामारीका कारण यसपालि राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री केपी ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।
पूर्वराजाले शनिबार औपचारिक रुपमै टीका नलगाइदिने घोषणा गरिसकेका छन् भने राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयले त्यस्तो औपचारिक घोषणा गर्न बाँकी छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसका कारण सर्वसाधारणलाई टीका नलगाउने तयारी गरिरहेको शीतलनिवासले जनाएको छ । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले कोरोना भाइरसका कारण राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाउनेबारे अन्योल रहेको जानकारी दिए ।
‘वर्तमान अवस्थालाई हेर्दा टीका लगाउनु चुनौतीपूर्ण देखिएको छ,’ राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले भने, ‘टीकाको केही दिन औपचारिक रुपमा सूचना जारी गरी यसको जानकारी दिने तयारीमा छौं, तर टीका लगाउने सम्भावना कम छ ।’
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पनि यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने तयारी गरेका छन् । कोरोनाका कारण सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले यो वर्ष सर्वसाधारणलाई टीका लगाउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।
पूर्वराजाका सहयोगी फणिराज पाठकका अनुसार यस वर्ष कोरोना भाइरसका कारण पूर्वराजा ज्ञानेन्द्रले शालीन र सादगी रुपमा दसैं मनाउने तयारी गरेका छन् । सोअनुसार दशमीका दिन सर्वसाधारणलाई टीका नलगाउने र अष्टमीको दिन शक्तिपीठमा पनि नजाने निर्णय गरेका छन् ।
पाठकले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मौसुफबाट यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठमा दर्शन गरिबक्सने कार्यक्रम र विजया दशमीका दिनमा टीका बक्सने कार्यक्रम नहुने बेहोरा जानकारी गराइन्छ ।’

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL