Exclusive News Monday, 21 Sep, 2020
Prestige Media

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

गोकुल अर्याल

नेपाली कांग्रेसले आगामी १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न असोज १९ मा पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिबैठक बोलाएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थिति हुन निर्देशन गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कोभिड–१९ महामारीका कारण बैठक अगाडि कांग्रेसले पदाधिकारी, सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीको कोरोना परीक्षण गर्ने भएको छ ।
त्यसका लागि १५ असोज बिहान ११ बाट ३ बजेसम्म सम्पूर्ण पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र कर्मचारीहरूलाई अनिवार्य पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन कांग्रेसले आग्रह गरेको छ ।
कोरोना महामारीले फागुन ७ देखि १० का लागि निर्धारित १४ औं महाधिवेशन अन्योल बनेपछि कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।
कोरोना महामारीका बीच वर्तमान कार्यविधिभित्र रहेर निर्धारित मितिमा महाधिवेशन गर्न सम्भव नभएपछि बैठकले छलफलबाट निकास खोज्नेछ ।
कांग्रेसमा पार्टी संयोजन, क्रियाशील सदस्यता वितरण र नवीकरणका कार्यसूचीमै कोरोनाको चुनौती खडा भएको छ । कोरोनाका कारण विभिन्न जिल्लाबाट निर्धारित कार्यसूचीअनुसार काम हुन नसकेको जानकारी यसअघि नै पार्टीको केन्द्रीय कार्यालयमा आइपुगेको छ ।
असोज पहिलो सातासम्म पनि केही जिल्लामा पार्टी संयोजन, क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सम्पन्न हुन सकेको छैन ।
संक्रमण बढ्दै गएकाले अझै केही साता त्यस प्रकारका राजनीतिक गतिविधि अघि बढाउन सम्भव नहुने र कात्तिक एवं मंसिरको पहिलो सातासम्म दसैंतिहार र छठजस्ता चाडपर्व पर्ने भएकाले निर्धारित कार्यसूचीअनुसार फागुनमा महाधिवेशन हुन नसक्ने देखिएको हो ।
बैठकमा ती सबै विषयलाई ध्यानमा राखेर नयाँ विकल्प अगाडि सारिने कांग्रेस स्रोतले बताएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

रास्वपा सांसद ढकाल भन्छन्- सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

राजनीतिक उतारचढावबाट नआत्तिन रविको आग्रह : सिट बेल्ट बाँध्नुहोस्, गन्तव्यमा सुरक्षित पुर्‍याउँछौँ

देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL