प्रकाशको कर्णप्रिय गीत ‘बोल माया’को भिडियो सार्वजनिक
युवाहरु पलायन भएपछि कफनमा बन्द भएर नेपाल भित्रिनुको पीडानेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल चर्चित गायक प्रकाश सपुतको नयाँ गीत ‘बोल माया’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।परिवारबाट विदा मागेर विदेश पुगेका युवा फर्किदा काठको बाकसमा बन्द भएर फर्किनु परेको पीडामाथि बनेको गीत ‘बोल माया’को भिडियो ललितपुरमा बुधबार आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भिडियो सार्वजनिक गरे ।
प्रकाश सपुतको लेखन, संगीत, रचना र निर्देशनमा बनेको गीतमा फिल्म निर्देशक तथा गायक नारायण रायमाझी,शान्तिश्री परियार र प्रकाशको स्वर छ । भिडियोमा अञ्जली अधिकारीको अभिनय छ ।करण चैंसिरको छायाँकन, प्रविन भट्टको सम्पादन रहेको यस म्यूजिक भिडियोमा देवेन्द्र बब्लुले सहनिर्देशन गरेका छन् । हेर्नुहोस् उक्त गीतको म्यूजिक भिडियो;
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट ,वरिष्ठ लोक गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझी,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर विरही गुरुङ, पूर्व अध्यक्ष प्रजापति पराजुली, निवर्तमान अध्यक्ष चन्द्र शर्मा, अध्यक्ष बद्री पंगेनी, वरिष्ठ उपाध्यक्ष रमेश बिजी लगायतले प्रकाश सपुतको सिर्जना क्षमताको प्रशंसा गर्दै सफलताको शुभकामना मन्तव्य दिएका थिए ।


तस्बिर;प्रकाश सपुतको फेसबुकबाट







