यस्तो बन्यो मट्टी माला’को ट्रेलर (भिडियो)
जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मट्टी माला’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो । एउटा मालाको कथामा रहेको चलचित्रकलाकार बुद्धि तामाङ ‘हैट’ र रजनी गुरुङ ‘मंगली’को मुख्य भूमिका रहेको छ ।बुद्धि तामाङ्गको मर्मस्पर्शी संवाद, नायिका प्रियंका कार्कीको आईटम डान्स, चिरन राईको थाईल्याण्डका हिरो टोनी जालाई नै मात खुवाउने मार्शल आर्ट लगायतका दृश्य ट्रेलरमा समावेश गरिएको छ ।
टेके पौरखी राईको निर्देशनमा तयार भएको चलचित्रलाई प्रवीण राईले निर्माण गरेका हुन् ।।लचित्रमा सुमन राईको सङ्गीत,राहुल राईको छायाङ्कन,कविराज गहतराज/ राजेश पुन/ दिपेन्द्र शाही ठकुरीको कोरियोग्राफी रहेको छ ।पौरखी फिल्मस्को ब्यानरबाट निर्माण भएको चलचित्रमा बुद्धि र रजनीबाहेक प्रियंका कार्की, पार्वती राई, शिशिर राणा, चिरन राई, सन्ध्या श्रेष्ठ, टेकराज लंघाली, अरुणा कार्की, अर्जुन गुरुंग, विनोद राई, विक्रम लामा, दीपक आचार्य लगायतका कलाकारको अभिनय रहेको छ ।







