‘हैरान’ को गीत रिलिज(भिडियो)
जेठ ४ गते अर्थात् आउँदो शुक्रवार सोलो रिलिजको मौका पाएको चलचित्र ‘हैरान’ को नयाँ गीत सार्वजनिक भएको छ ।गम्भीर विष्टको कोरियोग्राफी रहेको ‘दाग छैन अब जुनमा पनि’ बोलको गीतमा निश्मा घिमिरे र गजित विष्ट फिचर्ड छन् । सार्वजनिक गीतमा चन्द्रमणि भट्टराईको शब्द , किरण कंडेलको सङ्गीत अनि युवराज चौलागाई , इन्दिरा जोशी र अभिनेत्री निश्मा घिमिरेको स्वर रहेको छ ।
संसारकै सबैभन्दा कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा बनेको चलचित्रमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन।ज्ञानेन्द्र शर्माको छायाँकनमा रहेको चलचित्रमा प्रितम पाण्डेको सम्पादन रहेको छ ।डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा सरोज खनाल, गजित विष्ट, निश्मा घिमिरे, सागर लम्साल, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुष्कर रेग्मी, आरोही शर्मा, एन्जल राई लगायतका कलाकारहरुको अभिनय छ ।







