मनोरञ्जन Monday, 14 May, 2018
Prestige Media

निर्माता र हल संचालकबीच सहमती, जेठ १ गतेदेखिको आन्दोलन स्थगित

नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघविच आइतबार भएको बार्ता सहमतीमा पुगेको छ । सहमतीपश्चात दुबै संघको तर्फबाट बार्ता टोलीका संयोजकहरुले हस्ताक्षर समेत गरेका छन् । सहमतीको बारेमा जानकारी आज पत्रकार सम्मेलनमार्फत दिने तयारी गरिएको छ ।

विशेषगरि, शेयर बाँडफाँडको मुद्दालाई उठाएर चलचित्र निर्माता संघले आन्दोलन गर्ने चेतावनी दिएको थियो । सहमती अनुसार अब, सिंगल थिएटरमा चलचित्र प्रदर्शनको पुरा अवधीको शेयर निर्माता र प्रदर्शकले ५०-५० प्रतिशतमा पाउनेछन् ।

तर, मल्टिप्लेक्समा भने केही फरक सहमती गरिएको छ । अहिले मल्टिप्लेक्स हलमा चलचित्र रिलिज भएको पहिलो साता निर्माताले ५० प्रतिशत, दोश्रो साता ४२, तेश्रो साता ३७ र चौथो सातादेखि ३० प्रतिशत शेयर पाउँदै आएका थिए ।

अब भने, मल्टिप्लेक्समा निर्माताले पहिलो सातामा ५०, दोश्रो सातामा ४५, तेश्रो सातामा ४० र चौथो सातादेखि ३५ प्रतिशत शेयर पाउनेछन् । साथै, अबदेखि हलमा १५ दिनसम्म ट्रेलर बजाएको रकम निर्मातासँग हलवालाले लिन पाउने छैनन् । यस्तै, हलमा पोष्टर, स्ट्यान्डी राखेको पैसा पनि निर्मातासँग असुल्न नपाउने सहमती भएको छ । यस्तै, सहमती अनुसार अबदेखि हलमा पासको व्यवस्था गर्दा निर्मातासँग सल्लाहा गरेर मात्र हल संचालकले पास दिन पाउनेछन् ।

चलचित्र संघसँग सहमती भएपछि निर्माता संघले जेठ १ गतेबाट गर्ने भनेको आन्दोलन पनि स्थगित भएको छ ।

साभार ;अनलाइन खबर 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL