मनोरञ्जन
Monday, 14 May, 2018
‘चङ्गा’ को ट्रेलर रिलीज (भिडियो)
जेठ २५ गतेलाई प्रदर्शनको मिति तय गरेको चलचित्र ‘चङ्गा’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ट्रेलरमा कमेडी, सस्पेन्स, प्रेम समावेश छन् ।
किशोर भण्डारीको लेखन, निर्देशनमा बनेको चलचित्रका निर्मात्री रेश्मा तिमील्सिना रहेकी छिन् ।नबराज उप्रेतीको छायाँकनमा रहेको चलचित्रमा कृष्ण भण्डारीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । कन्टीनिअस मुभि मकेर्स ब्यानरमा निर्माण भएको यो चलचित्रमा बुद्धी तमाङ, कमल मणी नेपाल ,अँकित खड्का ,लक्ष्मी बर्देवा, रेश्मा तिमील्सिना, बर्षा खड्का, जिबन भट्टराई, राजन खतिवडा लकी भण्डारीलगायतका कलाकारको मुख्य भूमिका छ ।







