मनोरञ्जन
Monday, 14 May, 2018
अब करिश्माको छोरीको चलचित्रमा डेव्यु
नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले अभिनेता शिव श्रेष्ठद्वारा निर्मित चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ बाटचलचित्र क्षेत्रमा डेब्यू गरेकी छिन् । हाल छायांकन भैरहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट उनले डेब्यू गरेकी हुन् ।
उता यही चलचित्रमार्फत शिब श्रेष्ठका छोरा शक्ति श्रेष्ठले पनि डेब्यु गर्देछन् सम्भवत शक्ति र कबिताले यस चलचित्रमा स्क्रिन सेयर गर्नेछन् ।चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरिरहेका छन् ।
यो चलचित्रमा अन्य २ रियल लाइफ प्रेम जोडी पनि छन् । नायक आयुष्मान देशराज जोशी र नायिका पि्रयंका कार्की, नायक संजोग कोइराला र नायिका बषर्ा राउत यो चलचित्रमा मुख्य भूमिकामा छन् ।







