मनोरञ्जन Sunday, 13 May, 2018
Prestige Media

‘शत्रु गते’ले साट्यो ५१ औँ दिनको खुसीयाली

काठमाडौं – एकसाता पनि निकै मुस्किलले चलचित्र चल्ने गरेको वर्तमान समयमा चलचित्र ‘शत्रु’ गतेले भने प्रदर्शनको ५१ औँ दिन पार गर्न सफल भएको छ । गत वर्षको अत्यतिर प्रदर्शनमा आएको यो चलचित्रले  शनिबारबाट ५१ आंै दिन पार गरेको हो ।

७ सिनेमा भवनमा ५१ औँ दिन मनाउन सफल ‘शत्रु गते’ ले शनिबार नै एक कार्यक्रमको आयोजनासहित सफलताको खुसी सबैमाझ बाँडेको छ ।  रात्रि भोजको आयोजना निर्माण युनिटले सफलताको खुसी चलचित्रको टिम, चलचित्रकर्मी तथा पत्रकार माझ बाँडेको हो ।

इमाडोल स्थित इन्द्रेणी ब्यान्केटमा आयोजित कार्यक्रममा निर्माण युनिटले  सहयोगी सबैलाई मायाको चिनो समेत प्रदान गरे ।

कार्यक्रममा पुराना अभिनेता शिव श्रेष्ठ, दीलिप रायमाझी, केशव भट्टराई , संगीतकार शम्भुजित बास्कोटा, सञ्चारकर्मी रवी लामिछाने, चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायत ‘शत्रु गते’का कलाकार, प्राविधिक, तथा रंग पत्रकारको उपस्थिति रहेको थियो । 

हरिवंश आचार्यको कथा र निर्देशक समेत रहेका प्रदीप भट्टराइ, दिपकराज गिरी हरिवंश आचार्यको रहेको चलचित्रमा छायाँकन दिर्घ गुरुङ, सम्पादन मित्र गुरुङको रहेको थियो ।

दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, स्व.यसोदा श्रेष्ठ र रमिला आचार्य चलचित्रका निर्माता रहेका थिए ।

प्रदीप भट्टाराईले निर्देशन रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, बसुन्धरा भुषाल, रमेश रंजन झा लगायतको अभिनय रहेको थियो ।

मह सञ्चारको ब्यनारमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् ।

– हामीलाई शत्रु गते बनाउन सत्र वर्ष लाग्यो तर अब यसलाई हामी हरेक वर्ष निरन्तरता दिनेछौ प्रस्तुतकर्ता समेत रहेका कलाकार किरण केसीले भने । साभार;रातोपाटी

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL