फ्राईडे रिलिज;हलमा ‘हिरोज्’, ‘लम्फू’ र ‘मनाङे नानी’
आज शुक्रबारबाट सिनेमा हलहरुमा तीन नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् ।चलचित्र हुन् – ‘हिरोज्’, ‘लम्फू’ र ‘मनाङे नानी’। चर्चा गरौ यी चलचित्रको बारेमा ।
‘हिरोज्’
एनबी महर्जनको निर्देशनमा बनेको चलचित्रमा करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल, पूर्णिमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् ।जय लक्ष्मी फिल्म्स्को ब्यानरमा बनेको चलचित्रमा शंकर महर्जनको द्वन्द्व, कमल राई, कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।एक्सन, लभ, कमेडी र सेन्टिमेन्ट्सले भरिएको फिल्म पहिला २४ चैतमा प्रदर्शन हुने तयारीमा थियो ।हिरोज्मार्फत लामो समयपछि अभिनेत्री करिश्मा मुख्य भूमिकामा छिन् । उनको जोडीका रूपमा मुकेश छन् ।
‘लम्फू’
गोपालचन्द्र लामिछानेको निर्देशनमा बनेको चलचित्रलाई शक्तिबल्दव घोरासैनीले निर्माण गरेका हुन् ।चलचित्रमा भूपतीको कथा, पटकथा तथा संवाद, रामजी लामिछाने र शिव वीकको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध निर्देशन र अर्जुन पोखरेलको संगीत रहेको छ ।पपुलर मल्टिमिडियाको ब्यानरमा निर्माण भएको चलचित्रमा‘तरकारीवाली’को नामबाट विश्वभर परिचित कुसुम श्रेष्ठ ,सलोन बस्नेत, कबिर खड्का, मरिस्का पोखरेल, चाँदनी शर्मा, संजीत भण्डारी अजित लामिछाने, सन्तोष कार्की,कुशाग्र भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।
‘मनाङे नानी’
त्यसैगरी, मनाङे नानी नामक चलचित्र पनि हिरोज् र लम्फूसँगै प्रदर्शनमा आएको छ । खुसबहादुर गुरुङको लेखन र निर्देशनमा बनेको चलचित्रमा भीम गुरुङ, शान्ति गुरुङ, कुशल गुरुङ, जेनिशा गुरुङलगायतले अभिनय गरेका छन् ।







