गतबर्षको सफल चलचित्र ‘लिलिबिली’को नयाँ गीत रिलिज(भिडियो)
गतबर्षको सफल चलचित्र ‘लिलिबिली’को नयाँ गीत सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको ‘केही बाँकी’ बोलको गीतमा प्रदीप र जसिताको बिछोडको कहानी देखाईएको छ । चलचित्रको नेपाल प्रदर्शन सकिईसकेपछि चलचित्रको यो गीत रिलिज गरिएको हो । गीतमा चलचित्रको केहि कहानी भएकोले गीत पछि रिलिज गर्नुपरेको निर्माण टीमका एक सदस्यले बताए । बबिन बिक्रम अधिकारीको शब्द, एलिस कार्कीको संगीत र सन्नी सुनाको स्वर रहेको गीतको भिडियोलाई चर्चित कोरियोग्राफर कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।
चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको चलचित्र सुदिप बरालले खिचेका हुन् । मिलन चाम्सको निर्देशन रहेको चलचित्रको निर्मातामा गोविन्द शाही, सुदिप खड्का रहेका छन् ।काफिया फिल्म्स, सुदिप खड्का प्रोडक्सन र मिलन चाम्स इन्टेरटेमेन्ट ब्यानरमा निर्माण भएको लिलिबिलिमा प्रदीप र जसिता सँगै प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।







