दिपशिखाले किन कपाल मुण्डन गरिन् ?यस्तो छ कारण

छायांकनमा रहेको चलचित्र ‘प्रेमलिला’का लागि नायिका दीपशिखा खड्काले कपाल मुन्डन गरेकी छिन् । आफ्नै लगानीमा नयाँ चलचित्र निर्माण गरिरहेकी उनले चलचित्रको छायाँकनको बिचमा नै केश मुण्डन गरेकी हुन् ।कथाको माग अनुसार नै आफूले कपाल मुन्डन गरेको उनले बताइन् ।उनी भन्छिन्, ‘यो मुण्डनको रहस्य अहिल नै भन्न मिल्दैन । चाँडै थाहा हुनेछ ।’ ‘प्रेमलीला’ लाई निर्देशक जनक पाण्डेले निर्देशन गर्दैछन ।तर केहि तस्विरमा उनि रोमान्टिक मूडमा देखा परेकी छन् ।
केही दिन अगाडि ‘जाने क्या हुवा ए’ बोलको हिन्दी गीत पोखरामा खिचिएको छ ।गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् भने भिडियोमा दीपशिखा र चलचित्रका मुख्य कलाकार अली खानलाई देखाइएको छ । यो चलचित्र लभ स्टोरी कथामा निर्माण भैरहेको छ ।पवन गौतमको छायांकन रहेको चलचित्रमा दीपशिखाकै कथा, महेश खड्का, नविन कार्की र रविराज शाहको संगीत छ ।







