मनोरञ्जन Tuesday, 8 May, 2018
Prestige Media

नेपाल लोक आइडल-२०७५ घोषणा , प्रथमलाई ३० लाख पुरस्कार

काठमाडौं । पहिलो पटक सर्बाधिक धनराशी पुरस्कार रहेको टेलिभिजन रियालिटी शो ‘नेपाल लोक आइडल-२०७५’ हुने भएको छ ।

सार्थक डिजिटल म्यूजिक प्रालिको आयोजना तथा जेब्रा क्रियशनको प्रस्तुतिमा लोक आइडल हुन लागेको हो ।

आगामी साउन महिनादेखि सातै वटा प्रदेशमा छनोट प्रक्रिया शूरु गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

नेपाली लोक संस्कृतिको जर्गेना, सम्बर्द्धन, र संरक्षण गर्ने उद्देश्यले नेपाल लोक आइडलको आयोजना गरिएको आइडलका संयोजक जीवन पन्तले बताए ।

पहिलो चरणमा सातैवटै प्रदेशमा प्रतिभाहरुको छनोट गरिने बताउँदै संयोजक पन्तले भने, ‘हाम्रो प्रयास कठिन भएतापनि हामीहरु कुनै पनि हालतमा यो आइडललाई भव्य रुपमा सम्पन्न गर्छौं, अरु भन्दा बिरलै आफ्नो पन दिने खालको आइडल हो, यसलाई सफल पार्न सबैको साथ मिल्ने मैले आशा गरेको छु ।’

त्यस्तै आइडलका निर्देशक सुरेन्द्र दाहालले नेपाल लोक आइडल-२०७५ ले नेपाली लोक संस्कृतिको संरक्षणमा टेवा पुर्‍याउने दावी गरे । उनले भने,’नेपाली लोक संस्कृतिमाको प्रहारलाई रोक्न र नेपाली लोक गीतको मर्म र भावनालाई बचाउनमा यस आइडलले थोरै भएपनि भूमिका खेल्छ, काम गर्ने मानिसहरुका खुट्टा काट्नेहरु धेरै हुन्छन्, हामीले यो आइडल कुनैपनि हालतमा सम्पन्न गरेरै छोड्छौं ।’

उनले अघि थपे, ‘आइडल प्रथम हुनेले ३० लाख रुपैयाँ, दोस्रो हुनेले १५ लाख र तेस्रो हुनेले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्, यो आइडलले जन्माएका प्रतिभाहरुले भविष्यमा लोक गीत संगीतको संरक्षणको लागि आफूलाई सर्मपित बनाउने छन् ।’

लोक संस्कृतिको आधारमा स्थानीय निर्णायकद्धारा पहिलो चरणमा प्रत्येक प्रदेशबाट १०/१० जनालाई छनोट गर्ने र ७० जनालाई राजधानीमा ल्याएर क्लास दिएर प्रतिपर्धामा उतार्ने आयोजकको तयारी रहेको छ ।अनलाइन खबर 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL