हलमा चलिरहेको चलचित्र ‘डमरुको डण्डिबियो’को दोश्रो गीत रिलिज(भिडियो)
गत शुक्रवारबाट प्रदर्शन भइरहेको चलचित्र ‘डमरुको डण्डीबियो’को नयाँ गीत सार्वजनिक भएको छ । ‘गन्तव्य’बोलको गीत चलचित्र रिलिज भइसके पश्चात् युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा कालीप्रसाद बाँस्कोटाको सङ्गीत, सबिन एकतारेको शब्द रहेको छ भने रिकेश गुरुङ र बिध्या तिवारीले स्वर दिएका छन् । गीतको भिडियोमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री मेनुका प्रधानको बिछोडको रुपलाई देखाईएको छ ।
चलचित्र डमरुको डण्डीबियोमा नेपालमा लोप हुन लागिसकेको खेल डण्डीबियोको कथालाई उठाइएको छ ।चलचित्रमा खगेन्द्र लामिछानेको लेखन,छेतन गुरुङको निर्देशन,बिनोद गुरुङ र नोर्बु त्शेरीङ् घलेको निर्माण रहेको छ।संबृधी इन्टरटेन्ट्मेन्ट को व्यानरमा निर्माण भएको चलचित्रमा खगेन्द्र , अनुप , मेनुका, बुद्धी, आशन्त को साथमा अंकीत खड्का, लक्ष्मी बर्देवा, मिश्री थापा, इँगी होपो कोइन्च् सुनुवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनयमा छ ।







