मनोरञ्जन
Thursday, 3 May, 2018
‘हिरो रिर्टन्स’को शिर्षगीत रिलीज (भिडियो)
नायिका रेखा थापा र नायक सविन श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र ‘हिरो रिर्टन्स’को शिर्षगीत सार्वजनिक भएको छ ।कविराज गहतराजको कोरियोग्राफी रहेको सार्वजनिक गीतको भिडियोमा सविन श्रेष्ठ र आँचल शर्मा फिचरिङ्ग छन् ।टंक बुढाथोकी र मनिषा पोखरेलको स्वरमा रहेको गीतमा टंक बुढाथोकीकै शब्द/ संगीत रहेको छ।
आशिष भेट्वालको निर्देशनमा बनेको चलचित्रलाई भिम न्यौपाने, अमित श्रेष्ठले निर्माण गरेका हुन् ।चंदन गौतको कार्यकारी निर्माणमा बनेको चलचित्रमा शिवम अधिकारीको कथा, पटकथा तथा संवाद छ । मदन कश्यप घिमिरेको सिनेम्याटोग्राफी रहेको चलचित्रमा मित्र डि गुरुङको सम्पादन र चन्द्र पन्तको द्धन्द छ । सविन फिल्म्सको ब्यानरमा बनेको चलचित्रमा सविन श्रेष्ठ, रेखा थापा, दिल श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।







