मनोरञ्जन
Tuesday, 1 May, 2018
अनमोल जस्तै देखिने अभिषेकको श्रृष्टीसँग रोमान्स (भिडियो)
झट्ट हेर्दा नायक अनमोल केसी जस्तै देखिने अभिषेक श्रेष्ठले मोडलिङ गरेको गीतको भिडियो सार्वजनिक भएको छ ।दाउत राइ(विकेन्द्र)’को स्वर रहेको यो गीतमा झरना क्षेत्रीको शब्द, र विकेन्द्रकै संगीत छ ।‘लाग्छ तिमी यही छ्यौ’ बोलको गीतको भिडियोमा अभिषेक र मोडल श्रृष्टी खड्कालाई देख्न सकिन्छ।
निशान घिमिरेले निर्देशन गरेका भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ। गीतको भिडियोलाई निशानले रोमान्टिक शैलीमा तयार गरेका छन् ।
अभिषेक केही समय अगाडि नायक अनमोल केसी जस्तै देखिने भनेर सामाजिक संजाल र युटुबमा भाइरल भएका थिए ।







