‘कहिँ कतै’को गीत रिलीज (भिडियो)
श्रावन २५ गतेलाई प्रदर्शनको मिति तय गर्दै चलचित्र ‘कहिँ कतै’ को ‘झ्वाँईय झान’ बोलको गीत सार्वजनिक गरिएको छ ।यसअघि नै भारतमा रिलीजको लागी यूट्यूबमा रिलीज भईसकेको गीत औपचारिक रुपमा बिहिवार सार्वजनिक गरिएको हो ।कविराज गहतराजको कोरियोग्राफी रहेको सार्वजनिक गीतमा शिवानी गिरी र सोनम बरफुङ्गपा फिचरिङ छन् । सचिन सिंह र श्रृजना सिलालको आवाज रहेको गीतमा गौरव अर्पणको शब्द अनि सचिन सिंहकै संगीत रहेको छ ।गीत हेर्नुस् :
शबिर श्रेष्ठको लेखन-निर्देशनमा बनेको चलचित्रलाई उमा बेबी ले निर्माण गरेकी हुन् ।शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ ।उमा फिल्म्स् प्रा .ली को ब्यानरमा निर्माण भएको चलचित्रमा दिलीप रायमाझी, किशोर खतिवडा तथा निर्मात्री उमा ‘बेबी’ गिरीको पनि प्रमूख अभिनय रहेको छ ।







