‘ह्याप्पी डेज’को गीत;सुस्त यो बढ्दैछ धड्कन भन्दै दयाहाङ र प्रियंका (भिडियो)
आगामी शुक्रबार अर्थात बैशाख १४ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘ह्याप्पी डेज’ को ‘सुस्त यो…’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीको प्रेमपललाई प्रस्तुत गरिएको छ ।ताराप्रकाश लिम्बू र दीपा लामाको आवाज रहेको गीतमा संचारकर्मी नरेश भट्टराईको शब्द अनि ताराप्रकाशकै संगीत रहेको छ ।
यम थापाको लेखन मिलन चाम्सको निर्देशन रहेको चलचित्रको निर्मातामा बि पि खनाल, भवनी शर्मा, हिरल जोशी,स्वयम निर्देशक मिलन चाम्स रहेका छन् ।सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको चलचित्रमा तारा प्रकाश लिम्बु र राजनराज शिवाकोटीको संगीत, कविराज गहतराज र मिलन चाम्स को कोरियोग्राफी छ । राम कुमार केसीले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।लण्डन सिने आइ प्रोडक्सन र चाम्स ईन्टरटेनमेन्ट संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ र प्रियंकाको साथमा संजय गुप्ता, विकी जोशी, जेनिहा लिम्बु लगायत कलाकारहरुको अभिनय छ ।बैशाख १४ मा केकी अधिकारीले निर्माण गरेको चलचित्र कोहलपुर एक्सप्रेस पनि रिलिज हुँदैछ ।







