मनोरञ्जन
Friday, 20 Apr, 2018
फ्राईडे रिलिज;‘स्वर्ग मेरो गाउँ’
‘नेप्टे’ र ‘लिलिबिली’दोश्रो सातामाफ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट सिनेमा हलहरुमा नयाँ चलचित्र ‘स्वर्ग मेरो गाउँ’ प्रदर्शनमा आएको छ ।नरेन खड्का र भावना गुरुङको मुख्य भुमिका रहेको चलचित्रमा नरेन र भावनाको साथमा साक्षी लम्साल, सुजाता थापा लगायतका कलाकारहरुको मुख्य भुमिका छ ।
रामकृष्ण बजागाइँको निर्देशनमा बनेको चलचित्रलाई दरौपदा बजगाइँ र लक्ष्मण श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् ।जय अदेश पिक्चर्सको ब्यानरमा बनेको चलचित्रमा सुनिता बरालको कथा ,डिजे एलएक्स र बिकास चौधरीको संगीत,गोविन्द राईको कोरियोग्राफी,पवन गौतमको छायाँकन र अनिल गौतमको सम्पादन रहेको छ ।
यसका साथै गत साताबाट प्रदर्शनमा आएको दुई चलचित्रहरु ‘नेप्टे’ र ‘लिलिबिली’ अनि गत चैत ९ गते प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’ र चैत २३ गते प्रदर्शनमा आएको चलचित्र ‘तिमी सँग’पनि हलहलमा प्रदर्शन भईरहेका छन ।







