मनोरञ्जन Thursday, 19 Apr, 2018
Prestige Media

आन्दोलनको तयारीमा निर्माता संघ

नेपाली चलचित्र क्षेत्रको वेथिती उदेक लाग्दो छ । चलचित्र दुख गरेर बनाउने निर्माता, तर चलचित्र गतिलो शेयर नपाउने पनि निर्माता । अझ, उदेकलाग्दो कुरा के छ भने हलमा चलचित्रको व्यापारको आँकडा हरेक हप्ता परिवर्तन हुन्छ । चलचित्रले करोडौ कमायो भनेर निर्माता मख्ख परेपनि हातमा आउने बेलामा साह्रै उदेकलाग्दो रकम आइपुग्छ । निर्माताहरुको अवस्था ‘काम गर्ने कालु, मकै खाने भालु’ जस्तै भएको छ ।

यिनै समस्याहरुको समाधान खोज्न अब निर्माताहरुले आन्दोलनको तयारी गरेका छन् । नेपाल चलचित्र निर्माता संघको नेतृत्वमा आन्दोलनको तयारी गरिएको हो । जसकालागि, निर्माता संघले शनिबार निर्माताहरुको बृहत्त भेला समेत बोलाएको छ ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले हामीसँग भने–‘अहिले नै हामीले के गर्छौ भनेर नभनौ । शनिबारसम्मको भेला पर्खिदिनुहोला ।’ उनले, निर्माताहरुको पीडा र चलचित्र क्षेत्रमा देखिएको समस्याको बारेमा बृहत्त छलफल गर्नका लागि नै शनिबार भेला बोलाइएको हो । हामी, शनिबारको निर्णय आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौ ।

शेयर बाँडफाँड, बक्स अफिसका बिषयमा निर्माताहरुले माग अगाडि सार्न खोजेको हुन् । आकाशले भने–‘हामी बार्ताबाट नै समस्या समाधान गर्न चाहन्छौ । तर, हामीले सारेका जायज मागहरु पुरा नभएको खण्डमा विभिन्न आन्दोलनको घोषणा गछौ ।’

निर्माताहरुले जायज मागहरु पुरा नभएको खण्डमा केहि महिना हलमा चलचित्र रिलिज नगर्ने सम्मका आन्दोलनको निर्णय गर्न सक्ने वुझिएको छ ।

स्रोत: अनलाइन खबर

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL