मनोरञ्जन
Monday, 16 Apr, 2018
ट्रेन्डिङमा ४ नेपाली चलचित्र,छानी छानी हेर्नुहोस्
नयाँ वर्षको अवसर पारेर युट्युब रिलिज गरिएका तीन वटा नेपाली चलचित्र युट्युबको शीर्ष ट्रेडिङमा आएका छन् । चलचित्र ‘कारखाना’, ‘पुरानो डुङ्गा’, ‘पर्व’ र ‘रानी’ एकैपटक ट्रेन्डिङमा आएका हुन् । बुुढासुब्बा डिजिटल, हाइलाइट्स नेपाल र सुवास इन्टरटेन्मेन्टले नयाँ वर्षको अवसरमा फिल्म युट्युबमा राखेका थिए ।
सोमबार दिउँसो अमरदीप सापकोटाको लेखन/निर्देशन रहेको चलचित्र ‘कारखाना’ पहिलो स्थानमा छ भने दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘पर्व’ दोश्रो,रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘पुरानो डुङ्गा’ तेस्रो स्थानमा र दयाराम दाहाल निर्देशित चलचित्र ‘रानी’ छैटौ स्थानमा छ ।चलचित्र ‘रानी’ अन्य तीन चलचित्रभन्दा केही दिनघी रिलिज भएको थियो ।
छानी छानी हेर्नुहोस्;
‘कारखाना’;
‘पर्व’;
‘पुरानो डुङ्गा’;
‘रानी’;







