बर्षा र प्रशान्तले छाडेको ‘रानीमहल’मा पूर्व मिस नेपाल निकिता
केहि समय अघि राजधानीमा एक कार्यक्रमको आयोजना गरेर औपचारिक घोषणा गरिएको चलचित्र ‘रानीमहल’मा नायिकाको रुपमा बर्षा शिवाकोटी, नायकमा आशिष अधिकारी र भिलेनको भुमिकामा प्रशान्त ताम्राकार छानिएका थिए । तर निर्धारित समय १ महिना भन्दा बढि चलचित्रको सुटिङ सुरु हुन नसकेपछि बर्षा, प्रशान्त र अशिषले उक्त फिल्ममा काम नगर्ने भए ।
तर निर्माण टिमले पुर्व मिस नेपाल २०१७ निकिता चण्डकलाई आफ्नो चलचित्रमा अनुबन्धित गरेका छन् । केहि साता अघि नै मौखिक सहमति भएता पनि मिस नेपाल २०१८ को तयारीका कारणले चलचित्र निर्देशक र निकिताबिच सम्झौतापत्रमा हस्ताक्षर भने भएको थिएन । आ त्रिकोणात्मक प्रेमकथामा बन्ने ‘रानीमहल’मा अन्ततः निकिता र प्रितमराज सेन्चुरी सँगै विनोद सापकोटा पनि फाईनल भएका छन ।
हिमाल केसीको द्वन्द निर्देशन रहने फिल्मको संगीत अर्जुन पोख्रेल र हर्कुलिस बस्नेतले तयार गरेका छन् । बिमल भुषालले फिल्मका निर्माता हुन् । चलचित्रमा नीर शाह, सुष्मिता केसी, बिएस राणा, भोला शाह, सौगात धिताल, उमा बेवी, बिष्णु सापकोटा, अनुराग कुँवर, रश्मी भट्ट, नगेन्द्र रिजाल, बिनोद सापकोटा, सिलु पोखरेल, अनामिका लामिछाने, युनिता खत्री, पुस्पा निरौला लगायतको अभिनय रहने छ ।







