हेर्नुस् ‘ह्याप्पी डेज’को ट्रेलर
बैशाख १४ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘ह्याप्पी डेज’ को ट्रेलर सार्वजनिक भएको छ। आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको ट्रेलरमा कमेडी, प्रेम र केही द्धन्दका दृश्यहरु समावेश छन् । लण्डन सिने आइ प्रोडक्सन र चाम्स ईन्टरटेनमेन्ट संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विकी जोशी, जेनिहा लिम्बु लगायत कलाकारहरुको अभिनय छ ।
यम थापाको लेखन मिलन चाम्सको निर्देशन रहेको चलचित्रको निर्मातामा बि पि खनाल, भवनी शर्मा, हिरल जोशी,स्वयम निर्देशक मिलन चाम्स रहेका छन् ।सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको चलचित्रमा तारा प्रकाश लिम्बु र राजनराज शिवाकोटीको संगीत, कविराज गहतराज र मिलन चाम्स को कोरियोग्राफी छ । राम कुमार केसीले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । बैशाख १४ मा केकी अधिकारीले निर्माण गरेको चलचित्र कोहलपुर एक्सप्रेस पनि रिलिज हुँदैछ ।







