फ्राईडे रिलिज;‘लिलिबिली’ र ‘नेप्टे’मा कुन हेर्ने ?
एकभन्दा बढी नेपाली चलचित्र हलमा लाग्दा दर्शक बाँडिने भएपनि यस्ता भिडन्त नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि चल्दै आएको छ । यस्तै,आज शुक्रबारबाट सिनेमा हलहरुमा दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र हुन् – ‘लिलिबिली’ र ‘नेप्टे’ ।नयाँ बर्षको अवसर पारेर प्रदर्शनमा ल्याइएको यी दुबै चलचित्र देशभर एकसाथ आएका हुन् ।
कुरा गरौ चलचित्र ‘लिलिबिली’को ,
पछिल्लो समय राम्रो क्रेज भएका अभिनेता प्रदीप खड्का र नव अभिनेत्री जसिता गुरुङ अभिनित चलचत्रि हो ‘लिलिबिली’ । निर्माण घोषणा समयदेखि नै चर्चामा रहेको यो चलचित्र गीत–संगीत र ट्रेलरले पनि चर्चामा रहेको छ ।
चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको चलचित्र सुदिप बरालले खिचेका हुन् । मिलन चाम्सको निर्देशन रहेको चलचित्रको निर्मातामा गोविन्द शाही, सुदिप खड्का रहेका छन् ।चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ ।काफिया फिल्म्स, सुदिप खड्का प्रोडक्सन र मिलन चाम्स इन्टेरटेमेन्ट ब्यानरमा निर्माण भएको लिलिबिलिमा प्रदीप र जसिता सँगै प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।
यस्तै कुरा गरौ चलचित्र ‘नेप्टे’को,
सफल अभिनेता दयाहाङ राई पहिलो पटक भिलेन अभिनयमा देखिएको चलचित्र हो ‘नेप्टे’ । यो पनि दर्शकमाझ प्रतिक्षित चलचित्र हो । गीत संगीत र कमेडी ट्रेलरका कारण पनि दर्शकमा उत्सुकता र कौतुहलता जगाउन सफल यो चलचित्र चिनिएका कलाकारले भरिएको छ ।
देव कुमार श्रेष्ठको निर्देशनमा बनेको चलचित्रलाई रोहित रुम्बाले निर्माण गरेका छन् । हरि घले लामाको छायाँकनमा रहेको चलचित्रमा किरण माईकल घिमिरेको पटकथा तथा संवाद, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, रोहित रुम्बाको कथा र तारा थापा (किम्भे)को सम्पादन रहेको छ । आर.रोशफी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रमा दयाहाङ राई, रोहित रुम्बा, वुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, प्रनिशा सिलवाल लगायतका कलाकारको मुख्य भूमिका छ ।नेप्टे’लाई आफ्नो ड्रिम प्रोजेक्ट मान्ने रोहित सिनेमाबाट निक्कै आशावादी छन् ।







