मनोरञ्जन Wednesday, 11 Apr, 2018
Prestige Media

स्व. आमाको सम्झनामा यामनले लेखे मन छुने कविता

वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठकोे गत सोमबार राती पत्नी यशोदाका निधन भएको थियो ।क्यान्सरका कारण पत्नीको मृत्यु भएपछि मदनकृष्णको साथमा परिवार नै अहिले ठुलो पिडामा छ । यस्तै पिडाका बिचबाट मदनकृष्ण र यशोदाका छोरा यमन श्रेष्ठले एउटा एकदमै मन छुने कविता लेखेका छन् ।आमाको सम्झनामा लेखिएको कविताका हरफहरु पढ्दा मन छुन्छ, आँखा रसमाउँछ । कविता :

“आमा तिम्रो सम्झनामा ”

एकै अक्षर लेख्दा पनि तिम्रो बारेमा
बन्छ मिठो कबिता , बन्छ मिठो गीत ।
एकै पल बस्दा पनि तिम्रो साथमा 
लाग्छ भगवान संगै छन्, दिदैछन् आशिष ।।

 

कत्रो ठुलो मन तिम्रो, मेरै मात्र सोच्ने
मेरो स्यानै चोटमा पनि तिम्रो हृदय घोच्ने
बिहान दिउसो बेलुका दिन रात उठ्दै बस्दै
भगवान पनि सोच्दै होलान् , को हुन् यी म जस्तै ।।

 

एकै झल्को कल्पे पनि तिम्रो बारेमा
हार आफु लिन्छौ, दिन्छौ मलाई जीत
एकै पल बस्दा पनि तिम्रो साथमा
लाग्छ भगवान संगै छन्, दिदैछन् आशिष ।।

 

अर्को जुनी तिमी मेरै, आमा भईदिनु है
त्यो बेलां अहिले जस्तो, छोडी नगईदिनु है
यो मनको मन्दिरमा तिम्रो, फोटो सजाउछु
तिम्रै भजन गाउछु तिम्रै, धून बजाउछु ।।

 

एक पल्ट फेरी ढल्कन पाए, तिम्रो काखमा
सुन्थें तिम्रो लोरी अनि, आउथ्यो मिठो निंद
एकै पल बस्दा पनि, तिम्रो साथमा
लाग्छ भगवान संगै छन्, दिदैछन् आशिष ।।

 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL