मनोरञ्जन Wednesday, 11 Apr, 2018
Prestige Media

‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’

चलचित्र  ‘शत्रु गते’ तेस्रो सातामा पनि उत्साहका साथ प्रदर्शन भैरहेको छ । दोस्रो चलचित्रको सफलता पश्चात निर्देशक प्रदीप भट्टराई नयाँ चलचित्रको तयारीमा जुटेका छन् । डेव्यु चलचित्र ‘जात्रा’को सिक्वेलको रुपमा निर्देशक भट्टराईले ‘जात्रै जात्रा’ निर्देशनको घोषणा गरेका हुन् ।

फ्लोरमा जानु अगाडि नै यस चलचित्रको प्रदर्शन मिति वर्ष २०७५ को फागुन १७ गतेलाई तय गरिएको छ ।

निर्देशक भट्टराईले चलचित्रको निर्देशन गर्नेछन् भने कथा पनि उनकै रहनेछ ।रविन्द्रसिंह बानियाँको कार्यकारी निर्माण रहने चलचित्रमा सिङ्गे लामा र यादव पौडेल निर्माताको रुपमा रहनेछन् ।‘जात्रै जात्रा’ मा विपिन कार्की, वर्षा राउत, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा लगायतका पुरानै कलाकारहरु दोहोरिने छन् भने केही नयाँ कलाकारको पनि अभिनय रहनेछ ।

गतबर्ष रिलिज भएको चलचित्र ‘जात्रा’ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो भने केहि हलमा ५१ दिन पनि मनाएको थियो । यसैले पनि यसको सिक्वेलको प्रतिक्षा दर्शकमा खुबै छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL