मनोरञ्जन
Sunday, 1 Apr, 2018
‘ब्ल्याक’को ‘पल पल हरपल’सार्वजनिक(भिडियो)
जेठ ११ लाई प्रदर्शनको मिति तय गरेको चलचित्र ’ब्ल्याक’को नयाँ गीत सार्वजनिक गरिएको छ । आईतबार सार्वजनिक गरिएको चलचित्रको गीतमा चर्चित एवं लोकप्रिय गायक सुगम पोखरेलको स्वर डाक्टर कविराज बान्तवाको शब्द तथा महेश खड्काको संगीतमा रहेको छ ।रामजी लामिछानेको कोरियोग्राफीमा माथिल्लो मुस्ताङमा खिचिएको गीतमा आकाशश्रेष्ठ र नायिका आँचल शर्मा फिचर छन्।
चलचित्रमा मौनता श्रेष्ठको लेखन, प्रदिप श्रेष्ठको निर्देशन चन्द्र पन्तको द्वन्द्व निर्देशन,आश्मा पाण्डेको निर्माण रहेको छ।आश्मा फिल्मस प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा आकाश र आँचलसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतका कलाकारको अभिनयमा छ ।







