Breaking News Tuesday, 10 Jan, 2017
Prestige Media

तारुका र बेत्रावतीमा अठ्ठाइस हल गोरु जुधाइने

काठमाडौँ, २६ पुस । माघे सङ्क्रान्तिको अवसर पारेर यस वर्ष नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा २८ हल गोरु जुधाइने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले यस वर्ष माघे सङ्क्रान्तिमा तारुकामा १८ र बेत्रावतीमा १० हल गोरु जुधाउन लागिएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा (एमाले), पर्यटन विभाग प्रमुख सूर्य थापाले परम्परागत रुपमा चल्दै आएको यस्ता पर्वलाई निरन्तरता दिन सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वाधारको विकास भए मात्र पर्यटन क्षेत्रको विकास सम्भव छ । ”
नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्रप्रसाद सापकोटाले नेपालको सांस्कृतिक क्षेत्रलाई पर्यटनका रुपमा विकास गर्न पर्यटन बोर्ड लागिरहेको स्पष्ट पार्नुभयो ।
तारुका माघे सङ्क्रान्ति गोरुजुधाइ समितिका संयोजक दीपेश शाक्यले लम्बाइ, उचाइ, उमेर र मोटाइका आधारमा गोरुको छनोट गरिएको जानकारी दिनुभयो । उहाँले गोरु जुधाइका क्रममा मरिहाल्यो भने रु ३० हजार दिने व्यवस्था समितिले मिलाएको स्पष्ट पार्नुभयो ।

रसुवा बेत्रावती गोसाइँकुण्ड युवा क्लबका सचिव गणेश श्रेष्ठले नुवाकोटदेखि बेत्रावतीमा गोरु लगेर जुधाउने गरेकामा गोरु घाइते भएको खण्डमा रु १० हजार र मरेमा २५ हजारको व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

रसुवा–नुवाकोट पर्यटन समाजका उपाध्यक्ष शिव लामिछाने, महासचिव शिव अधिकारी, पर्यटन व्यवसायी दीपक महतलगायतले परम्परागत रुपमा मनाउँदै आएको गोरुजुधाइँ मेलालाई पर्यटकीय आकर्षकको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको थियो । प्रचारप्रसार उपसमितिका संयोजक विष्णु तारुकाले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नमा गोरुजुधाइ राम्रो अवसर हो भन्नुभयो ।

नुवाकोट र रसुवाका किसानले माघेसङ्क्रान्तिमा गोरु जुधाउनका लागि असार, साउनदेखि नै गोरुलाई विशेष हेरचाहका साथ पाल्ने गर्छन् । करिब दुई सय वर्षअघि बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आउँदा भान्जाको मनोरञ्जनका लागि गोरु जुधाएको स्मरणमा बर्सेनि माघेसङ्क्रान्तिमा तारुका गोरु जुधाइ हुने गरेको भनाइ छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL