Breaking News Thursday, 5 Jan, 2017
Prestige Media

राजनीतिक सहमति छिट्टै जुट्ने : मन्त्री पाण्डे

चितवन, २१ पुस । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सर्वोच्च अदालतको आदेशबाट छिट्टै राजनीतिक सहमति जुटेर संविधान संशोधन र स्थानीय निकायको निर्वाचनको बाटो खुल्ने बताउनुभएको छ ।

सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत चितवनस्थित क्षेत्रीय एकाइ कार्यालय भवन उद्घाटन एवम् सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको विवरण पुस्तक आज सार्वजनिक गर्दै उहाँले सिंहदरबारको अधिकार स्थानीय तहमा लैजान निर्वाचनको विकल्प नरहेको बताउनुभयो ।
सीमा क्षेत्रमा रहेका जनताले सीमाको रक्षा र राष्ट्रिय स्वाधीनताका लागि पु¥याएको योगदानको उच्च मूल्याङ्कन भएको छ भन्दै मन्त्री पाण्डेले सिमानामा नै जोडिएका वडा प्रत्यक्ष लाभान्वित हुने गरी तीनै वडामा विकास निर्माणका लागि सीमा क्षेत्र विकास कार्यक्रम अघि बढेको छ भन्नुभयो ।

गत आवमा आठ वटा जिल्लाबाट सुरु गरिएको सो कार्यक्रम यस वर्ष थप १२ जिल्लामा लागू गरिएकोे उहाँले जानकारी दिनुभयो ।

दक्षिणी सिमानामा अरु बढी गरिबी र अव्यवस्था रहेको भन्दै उहाँले राष्ट्रिय स्वाधीनताको भावना जगाउन विदेशी सहयोग नलिई आफ्नै लगानीमा कार्यक्रम अघि बढाइएको यो कार्यक्रम अन्तर्गत बीस जिल्लालाई तीन भागमा विभाजन गरेर विराटनगर, चितवन र दाङमा क्षेत्रीय कार्यालय स्थापना गरिएको छ भन्नुभयो ।

चितवनको माडी नगरपालिकाको आठ वडामा विकास निर्माण र क्षमता अभिवृद्धिका लागि यस कार्यक्रमअन्तर्गत रु ७६ लाख खर्च गरिँदै छ ।

मन्त्रालयको निर्देशनअनुरुप सामाजिक सुरक्षा भत्ताको रकम पारदर्शी बनाउन सो पुस्तक प्रकाशित गरिएको हो । चितवनमा गत आवमा ३५ हजार ५९५ जनाले सामाजिक सुरक्षा भत्ता लिएका थिए ।

गत वर्ष १७ हजार १४६ ज्येष्ठ नागरिक, दुई हजार ५९३ जना दलित ज्येष्ठ नागरिक, ११ हजार ४१४ एकल बिधवा, ५२१ पूर्ण अपाङ्ग, ७२३ आंशिक अपाङ्ग र तीन हजार १९८ दलित बच्चाले सामाजिक सुरक्षा भत्ताबापत रु ३० करोड ६३ लाख २४ हजार बुझेको स्थानीय विकास अधिकारी श्रवणकुमार पोख्रेलले बताउनुभयो ।

भत्ता रकम दोब्बर भएसँगै ७० वर्ष कटेका ज्येष्ठ नागरिकले दुई हजार, ६० वर्ष नाघेका ज्येष्ठ नागरिक दलितले एक हजार, एकल बिधवाले रु एक हजार, पूर्ण अपाङ्गले दुई हजार, आंशिक अपाङ्गले रु ६०० र दलित बच्चाले रु ४०० पाउने भएका छन् ।

मृत्यु, स्थानान्तरण भएका र थपिनेको सङ्ख्या उस्तैउस्तै हुने हँुदा यस आवमा करिब रु ६१ करोड सामाजिक सुरक्षा भत्ता खर्च हुने जिल्ला विकास समितिको अनुमान छ ।

सामाजिक सुरक्षा भत्ता दुरुपयोग हुने गुनासो बढिरहेका बेला नामसहित पुस्तक सार्वजनिक गरिएको हो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

विवादपछि गृहमन्त्रीले भने- चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्नू

गोदावरी-६ मा बाघको आक्रमण, स्थानीय त्रसित

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL