Breaking News Wednesday, 4 Jan, 2017
Prestige Media

देख्नेले पनि दृष्टि विहीनको अनुभूति गरेपछि…..

पोखरा, २० पुस । झट्ट सुन्दा अचम्म पनि लाग्न सक्दछ, विभिन्न कारणले दृष्टि गुमाएकाको दिनचर्या र भोगाइलाई आज पोखराका विभिन्न कार्यालय प्रमुख, प्रतिनिधि एवम् सर्वसाधारणले केही समय भए पनि अनुभूति गरेका छन् ।

विश्व ‘ब्रेल दिवस तथा २०८ औँं लुइब्रेल’ जयन्तीका अवसरमा सामाजिक जागरणका लागि नारी अभियानद्वारा यहाँ आयोजित अँध्यारो यात्राका सहभागीले आँखा छोपेर सेतो छडीको सहारामा हिँडदा त्यस्तो अनुभूति गरेका हुन ।

पोखराको मानवअधिकार चोकबाट सुरु भएको अँध्यारो यात्रा चिप्लेढुङ्गस्थित बीपी चोक परिक्रमा गरेर पुनः सोही चोकमा आइपुग्न लगभग एक घन्टा लागेको थियो भने यात्राका सहभागीले निक्कै अप्ठेरो अनुभूति गरेको दृश्य देखिन्थ्यो ।

सडकमा देखिने सेतो छडी बोकेका दृष्टिविहीनको व्यथालाई आँखा देख्नेको अन्तरआत्माबाट बुभ्mन र सहयोगी भावनाको विकास गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् कार्यक्रम संयोजक सुष्मा पौडेलले बताउनुभयो ।

उहाँका अनुसार पोखराका सडक, सरकारी तथा गैरसरकारी कार्यालय, यातायातका साधनलगायतका विभिन्न भौतिक संरचना र व्यवहारसमेत अपाङ्गमैत्री हुननसक्दा समाजका शारीरिक एवम् मानसिक अपाङ्गले कष्टकर जीवन जीउन बाध्य रहेका छन् ।

कार्यक्रमका सहभागीले एक हजार रुपैयाँ सहयोग गरेपछि सेतो छडी र आँखा छोप्नेपट्टी प्राप्त गर्ने व्यवस्था गरिएको बताउँदै उहाँ भन्नुहुन्छ–“ कार्यक्रमबाट बचेको ६२ हजार रुपैयाँ नेत्रहीन सङ्घ कास्कीलाई अक्षयकोष स्थापना गर्नका लागि सोही कार्यक्रममा हस्तान्तरण गरिएको छ ।”

सरकारी कार्यालयमा आउँदा दृष्टिविहीनको भोगाई कस्तो हुन्छ भन्ने आफूले पहिलो पटक अनुभूति गर्ने मौका पाएको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले बताउनुभयो ।

“प्रत्येक सरकारी कार्यालयका कर्मचारीलाई समेत यस्ता कार्यक्रममा सहभागी गराउनु आवश्यक छ,” उहाँले भन्नुभयो ।

सोही कार्यक्रममा कास्की जिल्लाबाट पहिलो प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने दृष्टिविहीन विद्यार्थी विष्णुमाया विकलाई सम्मान गरिएको थियो । उहाँलाई पाँच हजार नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो ।
दृष्टिविहीनको वास्तविकतालाई समाजमा छर्लङ्ग पार्ने सन्देशमूलक कार्यक्रमलाई मुलुक र संसद समक्ष पु¥याउन पहल गरिने राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय सचिवालय सदस्य शिशिर खनालले बताउनुभयो ।

फ्रान्सका लुइब्रेलले प्रतिपादन गरेको ब्रेनलिपी विश्वका दृष्टिविहीनको एउटै भाषा बनेको भए पनि नेपालमा एकदशक अगाडि मात्र भित्रिएको दृष्टिविहीन श्रीकान्त सापकोटाको भनाइ छ ।

नेत्रहीन सङ्घ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार सोही कार्यक्रममा बर–पिपल प्लास्टिक स्टोर्सका सञ्चालक हरिप्रसाद सिलवालले सङ्घलाई रु १० हजार नगद आर्थिक सहयोग गर्नुभएको थियो ।

विश्व ब्रेन दिवसको अवसरमा नेत्रविहीन सङ्घ कास्कीद्वारा आयोजित दृष्टिविहीन अन्तर्गत भएको निबन्ध प्रतियोगितामा अमरसिंह उच्च माविका अञ्जन बस्ताकोटी र सङ्गीता कुँवर तथा जनप्रकाश उच्च माविका सुष्मा तामाङ क्रमश प्रथम, द्धितीय र तृतीय भएका थिए । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस सांसदले सभामुख भण्डारीलाई ‘सांसद पदका यमराज’ भनेपछि

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL