‘नयन भरी सजाई राखुँ भन्थें तिमीलाई…’ गीतको छायाङ्कन सम्पन्न
पुष्पकमल दाहाल, दक्षिण कोरिया/समय सापेक्षित बिभिन्न लेख रचना मार्फत साहित्यिक यात्रा सुरु गरेकी नारी हस्ताक्षर रोजी लाबुङ राई लामो कालखण्ड पार गर्दै हाल गीति लेखनमा अब्बल हुँदै आएकी छिन् । उनको शब्द रचनामा लोकप्रिय गायक स्वरुपराज आचार्यको स्वर अनि वरिष्ठ संगीतकार वसन्त सापकोटाको संगीतमा सजिएको ‘नयन भरी सजाई राखुँ भन्थें तिमीलाई…’ भन्ने गीतको भिडियो कोरियामा छायाङ्कन सम्पन्न भएको छ ।
परदेशको ब्यस्तता,समयको अभाब बिभिन्न समस्याको बाबजुद पनि नेपाली कला साहित्य संगीतप्रति अतुलनीय योगदान दिने निर्देशक हाङ चेम्जोङले भिडियो निर्देशन गरेका छन्। कोरियालाई कर्म क्षेत्र बनाएका उनी गीतको शब्द भाबलाई सजिवताका साथ भिडियोमा उतार्न माहिर निर्देशक हुन्। उनी भन्छन्, ‘मलाई यो गीतको शब्द संगीत र आवाज अत्यन्तै मन परेकोले भिडियो बनाउन उर्जा मिल्यो’ । उनका अनुसार कोरियाको राजधानी सउल स्थित अती नै रमणिय स्थल ग्वाङ्ह्वामुन राजदरबार र सउल नाक्सान पार्कमा छायाङ्कन गरिएको छ ।
मर्मस्पर्शी गीतको म्युजिक भिडियोमा हिमानी गुरुङ,समीर गुरुङ र स्वंय निर्देशक हाङ चेम्जोङको अभिनय रहेको छ। क्यामरा अचम्मराज पाठकले सम्हालेका छन् भने याम्फु राइले सम्पादन गरेका छ्न्। उनले उक्त म्युजिक भिडियो निलम क्रियसन मार्फत चाँडै नै बजारमा आउने जानकारी दिए।







