ज्योतिश बास्तु तथा धर्म Friday, 23 Sep, 2016
Prestige Media

औंसीमा जन्मेका व्यक्तिको स्वभाव कस्तो थाहा पाउनुहोस् ।

कृष्ण पक्षको चतुर्दशी, औंसी वा शुक्लपक्षको प्रतिपदामा भएको छ तथा सूर्य र चन्द्रमा एउटै राशिमा बसेको छ भने त्यो व्यक्तिको चन्द्रमालाई अस्त र क्षीण चन्द्रमा मानिन्छ ।

basic-attributes-of-saturn ज्योतिष .पं.  सुरेश चन्द्र रिजाल

मोबाइल नं. ९८५१०६११२४।

चन्द्रमा मनको कारक ग्रह हो । कुण्डलीमा चन्द्रमा बलियो वा उच्च छ भने व्यक्ति सदैव प्रसन्न रहने गर्दछ । हाम्रो गाउँघरमा कसैले कुनै महत्त्वपूर्ण सफलता हासिल गर्यो भने भन्ने पनि गरिन्छ फलानाको चन्द्रमा दाहिने रहेछन्, शिरमा चन्द्रमा छ उन्नति नगरे के गर्छ त ? आदिआदि । तर जसको कुण्डलीमा चन्द्रमा कमजोर छ, ऊ निराशावादी, घोसे, अन्तर्मुखी, आफ्ना प्रतिभा र भाग्यलाई पहिचान गर्न नसक्ने, आफन्त वा ठूलाबडाको दृष्टिमा ओझेलमा पर्ने आदि कमजोरीले ग्रस्त हुन्छ । दुःखसुख जुनसुकै अवस्थामा निराशा हुनु, चिन्ताग्रस्त रहनु, मन डराएडराए झैं भै रहनु, शंका लाग्नु, चिडचिडेपना हुनु, तनावमा रहनु र अन्त्यमा डिप्रेसन वा मनोरोगको शिकार हुनु कमजोर चन्द्रमाका चिह्न हुन् । सामान्यतया व्यक्तिको कुण्डलीमा तलको स्थिति भएमा चन्द्रमा कमजोर भएको मानिन्छ :-

कुनै व्यक्तिको जन्म कृष्ण पक्षको चतुर्दशी, औंसी वा शुक्लपक्षको प्रतिपदामा भएको छ तथा सूर्य र चन्द्रमा एउटै राशिमा बसेको छ भने त्यो व्यक्तिको चन्द्रमालाई अस्त र क्षीण चन्द्रमा मानिन्छ ।

  • कुनै व्यक्तिको जन्म बृश्चिक राशिमा भएको छ भने त्यस्तो चन्द्रमालाई नीच चन्द्रमा भनिन्छ ।
  • कुनै व्यक्तिको जन्म मकर वा कुम्भ राशिमा भएको छ भने त्यस्तो चन्द्रमालाई शत्रुग्रसित चन्द्रमा भनिन्छ ।
  • कुनै व्यक्तिको कुण्डलीमा चन्द्रमाका साथमा राहु वा केतु एउटै राशिमा बसेको छ भने त्यस्तो अवस्थालाई ग्रहण योग वा मातृदोष मानिन्छ ।
  • कुनै व्यक्तिको चन्द्रकुण्डलीमा लग्न (१), चतुर्थ (४), सप्तम (७) वा एकादश (११) स्थानमा शनिश्चर ग्रहको उपस्थिति छ भने त्यस्तो अवस्थालाई विष योग भनिन्छ ।
  • कसैको आफ्नो कुण्डली छैन वा राशि पनि थाहा छैन र उसकी आमाको असमयमा नै मृत्यु वा अशक्त हुने गरी शारीरिक कष्ट भएको छ वा सदैव कुनै न कुनै रोगको चपेटामा उसकी आमाको समय व्यतीत हुन्छ भने पनि उक्त व्यक्तिको चन्द्रमा कमजोर भएको मानिन्छ ।

 

यसरी चन्द्रमा कमजोर भएका व्यक्तिका लागि रुद्राभिषेक चन्द्रोदय भएपछि चन्द्रमालाई दूधले अर्घ्य दिई पुनः शिवजीको पूजाअर्चना गरी गरीबदुःखी र ब्राह्मणहरूलाई दानदक्षिणा र भोजन गराई व्रतसमापन गरेमा व्यक्तिका माथि उल्लेख गरिएका समस्त दोषहरूको नाश हुन्छ । उसका बन्दव्यापार र रोजगारीमा देखिएका असन्तुष्टिहरू नाश हुन्छन् । घर परिवारमा देखिएका अनिष्ट निवारण भई सहज ढंगले समय बिताउन सफल भइने छ ।

 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL