ज्योतिश बास्तु तथा धर्म Saturday, 17 Sep, 2016
Prestige Media

राष्ट्रिय वास्तुदिवश मनाउने निर्णयका साथ नेपालमै पहिलो पटक वास्तुशास्त्र दिवस मनाईयो

ब्रम्हाण्डमा नित्य उपस्थित रहने कस्मिक इनर्जी तथा पञ्च तत्वको समायोजन वास्तुकलामा जुन विद्याद्वारा गरीन्छ त्यसलाई वास्तुशास्त्र भनिन्छ ।

14383996_1025787520852366_1024692796_n

ज्योतिष .पं.  सुरेश चन्द्र रिजाल

आज पुल्चाेक स्थित डा. माधब मंगल जाेसि तथा वरिष्ठ ज्योतिष लोकराज पाैडेलको संयाेजकत्वमा पहिलोपल्ट वास्तु दिवश मनाइयाे ।द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको र एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको वास्तु शास्त्री  डा. माधब मंगल जाेसि बताउँनु हुन्छ ।

आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमा मनाउने गर्छन् । सुखचैनकासाथ स्वस्थ्य र सफल जीवन जीउने प्राथमिक अभिलाषा सबैमा निहित हुन्छ । आजको विश्व भौतिक विकासको चरमविन्दूमा आइसकोको छ र विकासको मेरुदण्ड भनेको निर्माण पनि हो । कुनै पनि निर्माणको ब्रम्हाण्डमा संचार भईरहेको उर्जा अर्थात् कस्मिक इनर्जीसँग विषेश सम्बन्ध हुन्छ र वास्तुशास्त्रमा पनि कस्मिक इनर्जीको महत्व उत्तिकै रहेको छ । वास्तुशास्त्रले कुनै पनि भवन निर्माणको लागि जमीनको सही छनौट, निर्माण कार्य, भित्री सजावट आदि काममा दिशा, पञ्चतत्व पृथ्वि, जल, वायु, अग्निी र आकाश, विद्युतीय तरङ्ग, गुरुत्वाकर्षण, कस्मिक इनर्जी तथा दिशाको डिग्री या अंशको सुनियोजित तवरले प्रयोग गरी निर्माणको आधार तय गर्दछ । वास्तुशास्त्र ज्योतिषको एक अविच्छिन्न हिस्सा हो र यो भवन निर्माणसँग सम्बन्धित छ अर्थात अर्को शब्दमा भन्दा ब्रम्हाण्डमा नित्य उपस्थित रहने कस्मिक इनर्जी तथा पञ्च तत्वको समायोजन वास्तुकलामा जुन विद्याद्वारा गरीन्छ त्यसलाई वास्तुशास्त्र भनिन्छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL