Breaking News Thursday, 15 Sep, 2016
Prestige Media

लोकमान नियुक्ति को फाइल भूकम्पमा हरायो : सरकार

काठमाडौं: मन्त्रिपरिषद र सामान्य प्रशासन मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसँग सम्बन्धित निर्णय फाइल भूकम्पका कारण फेला पार्न नसकिएको जवाफ सर्वोच्च अदालतमा पठाएको छ ।
कार्कीको नियुक्तिबारे अधिवक्ता ओमप्रकास अर्यालले दिएको पुनरावलोकनमा सर्वोच्चको आदेश अनुरुप जवाफ दिंदै मन्त्रिपरिषद र सामान्य प्रसाशन मन्त्रालयले उक्त प्रतिक्रिया दिएको हो ।

‘सर्वोच्चको चिठी प्राप्त भयो । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट यस कार्यालयको भवनमा क्षति पुग्न गई नयाँ भवनमा कार्यालय सरेको कारणबाट उल्लेखित फाइल फेला पर्न नसकेको हुँदा उक्त फाइल फेला पर्नासाथ उपलब्ध गराइने ब्यहोरा निर्णयानुसार अनुरोध छ,’ मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रमान गुरुङले सर्वोच्चलाई पठाएको जवाफमा भनिएको छ ।

सामान्य प्रशासन मन्त्रालयले पनि दश बर्ष पुरानो अभिलेख रहेका कारण फेला पार्न नसकिएको जवाफ सर्वोच्चलाई पठाएको छ । ‘उक्त सक्कल फाइल खोजी भइरहेको छ, उक्त अभिलेख दस वर्ष पुरानो रहेको र पुरानो अभिलेख फेला पर्नेगरी व्यवस्थित रुपमा राखेको नपाइएको हुँदा भेटाउन नसकिएको,’ सामान्यको जवाफमा लेखिएको छ । उपसचिव भागवतप्रसाद खनालले उक्त जवाफ पठाएका छन् ।
‘सर्वोच्चको चिठीमा उल्लेखित विवरण हालसम्म फेला पर्न नसकेको, फेला पर्नासाथ सम्मानित अदालतसमक्ष पठाइने भन्ने ब्यहोराको जवाफ प्राप्त हुन आएको छ,’ सर्वोच्च स्रोतले भन्यो । आज को अन्नपूर्ण पोस्ट मा खबर छ

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL