ज्योतिश बास्तु तथा धर्म Friday, 15 Jul, 2016
Prestige Media

समस्त मनोकामनाहरू पूर्ण हुन्छन एकादशी ब्रतले

BASIL (TULSI)

suresh chandra rijal J.V (ASTROLOGER )

आज हरिशयनी एकादशी । तुलसीको विरुवा रोप्ने दिन । हरिशयनी एकादशीका दिन आज हिन्दु धर्मावलम्बीहरुले आआफ्नो घरमा रहेको मठमा तुलसीको बिरुवा रोप्ने प्रचलन रहेको छ । एक महिनाअघि विजारोपण गरिएको तुलसीलाई आज रोप्ने गरिन्छ । भगवान विष्णुको चार अवतार मध्ये एक तुलसी धामिर्कसँगै वैज्ञानिक दृष्टिले पनि उपयोगी वनस्पतिको रुपमा लिइन्छ । आयुर्वेदका जानकारहरुले तुलसीमा एकसय एक प्रकारको रोग निवारण गर्ने शत्ति हुने बताएका छन । आर्युवेद लगायत मेडिसिन अ‍ैषधिका सबैभन्दा बढी जडिबुटी तुलसीकै प्रयोग हुदै आएको छ । पौराणिक कथा अनुसार मुर नामक दैत्यको आतंकबाट देवताहरुलाई मुक्ति दिलाउन भगवान विष्णुले ठूलो संघर्ष गर्नुपरेको किवतन्दी रहेको छ । संघर्षको थकानबाट आराम लिन भगवान विष्णुले बद्री आश्रमको हेमवती गुफामा शयन गरेको सम्झनामा आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । वर्र्षमा पर्ने २४ वटा एकादशीमध्ये चतुर्मास ब्रत शुरु हुने हरिशयनी एकादशी र ब्रत समाप्त हुने हरिबोधनी एकादशीलाई ठूलोको महत्वको साथ लिइन्छ ।

आषाढ़ मासको शुक्ल पक्षको एकादशीलाई नै ‘देवशयनी’ वा हरिशयनी एकादशी भन्ने गरिन्छ । यसलाई ‘पद्मनाभा’ एकादशी पनि भन्ने चलन छ । प्रत्येक वर्ष आजकै दिनदेखि भगवान विष्णु चार महिनासम्म पाताल लोकमा गई बलिको ढोकामा निवास गर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीका दिन फर्कनु हुन्छ भन्ने चलन छ । यसै दिनदेखि चौमासा व्रतको सुरुवात पनि हुन्छ । यस दिनदेखि भगवान विष्णु चार महिनाका लागि क्षीरसागरमा गई शयन गर्नुहुन्छ भन्ने मान्यता पनि छ । त्यसैले यस एकादशीलाई ‘हरिशयनी एकादशी’ भनिएको हो र चार महिनापछि आउने कार्तिक महिनाको शुक्ल पक्षको एकादशीलाई ‘प्रबोधिनी वा हरिबोधिनी एकादशी’ भन्ने गरिन्छ ।

यी चार महीनामा भगवान विष्णु क्षीरसागरमा शयन गर्नु हुने भएकाले विवाह आदि कुनै पनि शुभ कार्य गरिदैन। धार्मिक दृष्टिले यी चार महिना भगवान विष्णुको निद्रा काल मानिन्छ। यस अवधिमा तपस्वीहरू भ्रमण गर्दैनन, ती एकै स्थानमा बसेर तपस्या (चातुर्मास व्रत) गर्दछन। यस कालमा केवल ब्रजक्षेत्रको यात्रा गर्ने चलन छ, किनभने यी चार महिनामा भू-मण्डल (पृथ्वी) का समस्त तीर्थहरू ब्रजक्षेत्रमा आएर निवास गर्दछन । ब्रह्म वैवर्त पुराणमा यस एकादशीको विशेष माहात्म्य उल्लेख गरिएको छ । यस व्रतलाई पालना गर्नाले प्राणीका समस्त मनोकामनाहरू पूर्ण हुन्छन, सबै पाप नष्ट हुन्छन तथा भगवान हृषीकेश प्रसन्न हुनुहुन्छ । सबै एकादशीका दिन भगवान विष्णुको पूजा-आराधना गरिन्छ, परंतु आजको रात्रिदेखि भगवानको शयन प्रारम्भ हुने भएकाले उनको विशेष विधि-विधानले पूजा गर्ने चलन छ। यस दिन उपवास गरेर भगवान विष्णुको प्रतिमालाई आसनमा आसीन बनाई षोडशोपचार सहित पूजन गरी, तिनको हातलाई शंख, चक्र, गदा, पद्मले  सुशोभित पारेर तिनलाई पीताम्बर, पहेला वस्त्र र पाहेलै दोसल्लाले सजाउने काम हुन्छ । पंचामृतद्वारा स्नान गराएर, तत्पश्चात भगवानको धूप,दीप, पुष्प आदिद्वारा पूजा गरी आरती गरिन्छ । भगवानलाई पान (ताम्बूल), सुपारी (पुंगीफल) अर्पित गरेपछि निम्न मन्त्र द्वारा स्तुति गर्ने परम्परा रही आएको छ :-

ज्योतिष .पं. सुरेश चन्द्र रिजाल । संपर्क नं . ९८५१०६११२४ suresh chandra rijal J.V (ASTROLOGER )

 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL