अर्थ बाणिज्य / समाज
Wednesday, 18 May, 2016
महँगो काठमाडौं
काठमाडौं, ५ जेठ नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले मुलुकका अन्य स्थानको तुलनामा काठमाडौंमा मूल्य वृद्धि उच्च भएको देखाएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको ९ महिनामा काठमाडौंमा उपभोक्ता मूल्य वृद्धि गत वर्षको तुलनामा ११ दशमलव ७ प्रतिशत बढेको छ । तर, सम्रग मुलुकभर ९ दशमलव ७ प्रतिशत मात्र महँगी बढेको छ । उपत्यकाबाहेकका पहाडी इलाकामा १० प्रतिशत, तराईमा ८ दशमलव ३ प्रतिशत र हिमालमा ८ प्रतिशत महँगी बढेको राष्ट्र बैंकको तथ्यांक छ । राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै महँगिएको दलहन तथा गेडागुडीको मूल्य २६ दशमलव ८ प्रतिशत बढेको छ । मसलाको मूल्य १५ दशमलव ९ प्रतिशत र घ्यु तथा तेलको भाउ १५ दशमलव ५ प्रतिशत महँगिएका छन् आजको नयाँ पत्रिकामा समाचार छ।







