आज अक्षयतृतीया र सूर्य सामुन्ने आउँदै बुध ग्रह यस्तो घटना सय वर्षमा केबल १३ पटक हुने गरेको छ।
विश्वका कयौं भूभागबाट यस घटनालाई टेलिस्कोपबाट देख्न सकिनेछ । बुध हाम्रो सोलार सिस्टमको सबैभन्दा सानो र सूर्यको सबैभन्दा नजिक रहेको ग्रह हो ।बुधले सूर्यको चक्कर ८८ दिनमा लगाइसक्छ । जबकि पृथ्वीले सूर्यको चक्कर लगाउन ३६५ दिन लगाउँछ ।
अक्षयतृतीया पूर्विय संस्कृतिको अमुल्य नमुना हो। वैदिक चिन्तनको धरोहरको रुपमा रहेको पावन पर्व यसापालि झण्डै केही समय ढिला गरी वैशाख २७ ग गते परेको छ। आज बुध सूर्य नजिकै आउँदैछ यस्तो घटना सय वर्षमा केबल १३ पटक हुने गरेको छ। यस दिन त्रेतायुग आरम्भको दिन हो। हिन्दुधर्मसंस्कृतिमा यसदिनलाई विशेषपर्वको रुपमा मान्ने चलन छ। वैशाखशुक्लतृतीया तिथिमा पर्ने यो पर्र्वमा गरिएका साना पुण्यकर्मले पनि अक्षय पुण्य प्राप्ति हुने कारण यसलाई अक्षयतृतीया भनिएको हो। जौको सात्तु अनि सर्वत पानीको विशेष महत्व रहेको यसदिन श्रीविष्णुको विशेष पूजा हुने गर्छ। सार्वजनिक कार्य, दान, होम, जप, तप, योग, पूजा आदि सत्कर्म गरेर अक्षय पुण्य प्राप्ति गर्न चाहनेले वसन्तको यसपर्वलाई बढी रुचाउँछन्। अक्षयतृतीयाको महत्वका बारेमा मत्स्यपुराणमा विशेष चर्चा गरिएको छ।
ईश्वरीयविधानमा सबैऋतुहरु समान छन् तथापि शुष्ककण्ठ गृष्मको आरम्भ हुने बखत शरीरको तापमान सन्तुलन राख्न जौ, सात्तु सेवन गरेर शरीरलाई निरोगी राख्न यसपर्वले प्रेरित गर्दछ। उखरमाउलो गर्मी होस् वा अति चीसो वातावरण होस्, तन, मन सन्तुलन हुन कठिन हुन्छ। शरदको उल्लास, फूलहरुको सजावट र गृष्मको उराठ वातावरणमा सातु सर्वत पूर्वीय पेय र हल्का पदार्थले नवजीवन, नवीन उत्साह, नवीनतमउर्जाबाट मानवजीवन परिपूर्णतम् बन्न प्रेरित गर्छन्। पूर्वीय दर्शनमा ऋग्वेदको आरम्भदेखि नै मानवजीवन स्वस्थ र सन्तुलित हुनुपर्ने सङ्केत भएको छ। स्वस्थजीवनबाटै स्वस्थ समाज निर्माण हुन्छ। स्वस्थ र सन्तुलित, सभ्य नागरिक समाजबाट देशप्रेम, ईश्वरीय चिन्तनसमेत हुन पुग्छ। अरुलाई नदिई स्वयंले मात्र प्रयोग गरेको अन्न विषतुल्य हुन्छ भनी पूर्वीयदर्शनले परोपकारको अक्षुण्णतालाई सङ्केत गरेको छ। हर समयमा रहेका धार्मिकजनहरु, साधु, सन्त, वैरागी, तपस्वी, समाजहितकारी व्यक्तिदेखि सम्पूर्ण जीवात्माहरुलाई आफ्नो सेवा, समय, श्रम, दानबाट खुसी गराउनुपर्ने कुरा दर्शनशास्त्रहरुले बताएका छन्। मानवजीवन भन्नु परोपकारको लागि हो।
दानमध्ये अन्नदान प्राणदान सरह हो। सबै प्राणीहरु जल, अन्न र वायुमा निहित छन्। वातावरणको संरक्षणगरी जलदान, अन्नदान गर्न यसपर्वले जोड दिएको छ। हाम्रो मुलुक कृषिप्रधान मुलुक हो। प्रमुखवाली धान, गहुँ, मकैका अतिरिक्त जौ उत्पादन पनि हुनेगर्छ। तिल, जौद्वारा भगवान्को पूजा हुनेगर्छ। जौ, गहँुलाई शितलताको प्रतीक मानिन्छ। अस्पतालका बिरामीहरुलाई जौ, चनाको सात्तु खान प्रेरित गरिन्छ। रोगनिरोधक शक्ति भएको, पाचनमा सजिलो भएको, जौ, गहुँको खस्रो पदार्थबाट पेटमा रहेका बिकारहरु सजिलै बाहिर निस्काशन हुने आदि कारणहरुले गर्दा रेसायुक्त खानेकुरा खानाले शरीर स्वस्थ हुनेगर्छ। शरीरमा मल भित्र रहन पाउँदैन। प्रदूषित वस्तुहरु तुरुन्तै बाहिर निस्काशन हुने पदार्थहरु दैनिकी जीवनमा प्रयोग गर्नुपर्ने हुन्छ। यसअर्थमा जौ, गहुँ, मकैका च्यांख्ला, चना, भटमास आदि अन्नद्वारा शरीर निरोगी राख्न सकिन्छ।
अन्नको अतिरिक्त जीवनमा जलको अधिक महत्व छ। सम्पूर्णसृष्टि जलमै भएको हो। संरक्षण पनि जलसहितको भूमिमा हुन्छ। जलबिना अन्नको पनि सिर्जना हुँदैन। जललाई जीवन भनिएको छ। जलदान भन्नु जीवनदान नै हो। अक्षयतृतीयाको दिन जलदानको सङ्केतले मानवजातिले हरदिन पानीलाई पवित्र राख्नुपर्ने बोध गराउँछ। जौको सात्तु, साथमा धर्मघट अर्थात् जलपूर्णघडा, घ्यू, चिनी, मसला, तिलमिश्रित सर्वत र आकाशकोप्रतीक छाता र धर्तीको प्रतीक जुत्तादानले सम्पूर्ण जीवन र जीवन संरक्षण एवं यी वस्तुहरु अरुको हितमा प्रयोग गर्न सङ्केत प्राप्त हुन्छ। यो निस्वार्थ दान हो। मनुस्मृति, विष्णुधर्र्मोत्तरग्रन्थ, विष्णुपुराण, गीता जस्ता पावनग्रन्थ एवं महाभारत आदि ग्रन्थहरुले जीवनदानका बारेमा विशद् चर्चा गरेकाछन्। अक्षयतृतीयामा गरिएका दान, पुण्यले इहलौकिक जीवात्मा त खुसी हुन्छन् नै पारलौकिक पुण्यात्मा पितृहरु पनि खुसी हुन्छन्, तृप्त हुन्छन्। आफ्ना स्वजन, बन्धुबान्धव र मृत पितृ, पितामहरुलाई पनि स्मरण गरिने पर्व यसदिनको महत्व जति वर्णन गरे पनि कम हुन्छ।
अक्षयतृतीयालाई परशुरामजयन्तीका रुपमा पनि मानिन्छ। परशुराम अष्टचिरञ्जिवीमध्ये एक हुन्। वर्षवृद्धि हुनेदिन जन्मोत्सव पर्वहरुमा आयु र आरोग्य वृद्धि गर्न अष्टचिरञ्जिवीलाई विशेष आराधना गर्ने चलन छ। परशुरामलाई श्रीविष्णुको १० अवतारमध्ये छैठाँै अवतारमा लिइएको छ। पितृआज्ञा पालन गर्ने परशुरामको जन्म जमदग्निऋषि र माता रेणुकाको गर्भबाट भएको हो। सूर्यास्तपछि तेस्रो प्रहरमा धर्ती अवतरित परशुरामले धर्तीमा रहेका निरंकुश राजाहरुलाई बध गरेर धर्मको रक्षा गरे। एक्काइसपटक पृथ्वी परिक्रमा गरेर निरंकुशता समाप्त पारी वीर क्षत्रीयहरुको तेजोबध गरिदिए। परशुरामलाई भगवान्को क्रोध, आवेशअवतारको रुपमा पनि लिइन्छ। धर्तीलाई आफ्नो मानेर भूमिप्रति अत्याचार गर्ने, साधु, सन्तप्रति रोष गर्ने, शास्त्रप्रति अनादर गर्ने जो कोहीप्रति पनि भगवान् सन्तुष्ट हुनुहुन्न यहाँसम्म कि आफ्नै आमा बध गर्न पनि परशुराम पछि परेको देखिन्न। माता रेणुकाबाट असन्तुष्ट भएका जमदग्निऋषिले परशुरामलाई आमाको हत्या गर्न आदेश दिए। पछि आदेश पालनबाट खुसी भएका परशुरामलाई वरदान माग्न भन्दा आफूबाट बधभएकी माता र दाजुहरुलाई पुनःजियाएर त्यो दोष पनि आफूलाई नलाग्ने वरदान माग गर्दा पिता जमदग्निले हुन्छ भनी वरदान दिए जुन वरदान सिद्ध पनि भयो।
शस्त्रविद्यामा निपुण परशुरामबाट कर्ण, भीम आदिले शस्त्रविद्या सिकेका थिए भने त्रेतायुगमा श्रीविष्णुले मर्यादा स्थापित गराउने क्रममा सौम्यअवतार, रामअवतार लिइसकेको बुझेर रौद्ररुप परशुरामले आफ्नो शस्त्रविद्या छोडी सामान्य ऋषिको रुपमा स्थापित भए। भारतका चारधाममध्ये बद्रीनाथधामको ढोका अक्षयतृतीयाकै दिनदेखि खुल्ने गर्छ।
हाम्रोमुलुकमा अक्षयतृतीयाका दिन पशुपतिक्षेत्र, बूढानीलकण्ठक्षेत्र तथा अन्य धेरै मठमन्दिरहरुमा विशेष पर्व, पूजा, मेला, जात्रा हुने गर्छ। काठमाडौं उपत्यका, ललितपुरक्षेत्र पुल्चोकमा भगवान् मत्स्येन्द्रनाथका तर्फबाट पथिकहरुलाई सख्खरपानी यसै दिन वितरण गर्ने चलन पनि रहेको छ। खेतीकिसानी काम गर्नेहरुलाई शीतल जल दिएर कृषिकार्यमा प्रेरित गर्ने रुपमा आरम्भ गरिएको यस कार्यले हालसम्म निरन्तरता पाएको छ। अर्काेतर्फ मत्स्येन्द्रनाथदेवता सहकालका रुपमा चिनिन्छन्। अन्नबाली संरक्षणका रुपमा पनि चिनिन्छन्। हिउँदैबालीका रुपमा रहेको जौलाई भुटेर सात्तु बनाई नयाँ अन्नको रुपमा देवतालाई चढाउने आफूले पनि ग्रहण गर्ने आदि कार्यले हालसम्म निरन्तरता पाएको छ। बिरामीहरु खासगरी उच्चरक्तचाप र मधुमेहका लागि जौ विशेष खानाका रुपमा लिइन्छ।
आज बुध सूर्य नजिकै आउँदैछ यस्तो घटना सय वर्षमा केबल १३ पटक हुने गरेको छ।
विश्वका कयौं भूभागबाट यस घटनालाई टेलिस्कोपबाट देख्न सकिनेछ । बुध हाम्रो सोलार सिस्टमको सबैभन्दा सानो र सूर्यको सबैभन्दा नजिक रहेको ग्रह हो ।
बुधले सूर्यको चक्कर ८८ दिनमा लगाइसक्छ । जबकि पृथ्वीले सूर्यको चक्कर लगाउन ३६५ दिन लगाउँछ ।
यस भन्दाअघि बुध ग्रह सन् २००६ मा सूर्य अगाडिबाट गएको थियो । अहिले देखिएपछि सन् २०१९ मा यस्तो दृश्य फेरि देख्न पाइनेछ ।
बुध ग्रह सूर्य र पृथ्वीको बीचबाट हरेक ११६ दिनमा जाने गर्छ । तर पृथ्वीको तुलनामा उसको अर्बिटल प्लेन केही डिग्री छड्के छ । बुधको अर्बिट केही झुकेको छ । बुधले पृथ्वीमाथि या तलबाट सूर्यको चक्कर लगाउँछ ।
जब पृथ्वीको कक्षालाई काट्छ तब उसले आफ्नो अर्बिटल प्लेनलाई पनि काटेर जान्छ । यस्तो केबल सय सालमा १३ पटकमात्र हुने गरेको छ । नौ मेमा नेपालमा बुध ग्रह साँझ ५ बजेदेखि राति १२ बजेसम्म सूर्यको सामुन्नेबाट जानेछ ।
सूर्य सामुन्नेबाट जाने क्रममा वैज्ञानिकले बुधले तारा-ग्रह कक्षमा कस्तो गतिविधि देखाउनेछ भन्ने अध्ययन गर्नेछन् ।
नासाले यो घटनाको अध्ययनका लागि तीनवटा टेलिस्कोप लगाएको छ । नासाका कार्यक्रम प्रबन्धक लुई मेयोका अनुसार ‘स्पेसमा जब दुई ग्रह या तार नजिक आउँछन् तब बैज्ञानिकहरु उत्साहित हुने गरेका छन् ।यसबाट हामीलाई धेरै बुझ्ने र जान्ने अवसर मिल्छ ।’
बुध सूर्य नजिकैबाट गइरहँदा वैज्ञानिकहरुले त्यहाँको वायुमण्डलबारे बुझ्ने प्रयास गर्नेछन् । नासाका अनुसार एकदमै तातो भएकाले बुधमा वायुमण्डल छैन । अर्को शब्दमा भन्दा बुधको वायुमण्ड एकदमै पातलो रहेको छ। ग्यास यहाँ रहिरहन सक्दैन ।
बुधले सूर्यको सामुन्नेबाट चक्कर लगाएको घटना सन् १६३१ मा पत्ता लागेको थियो । यस घटनाबाट अनुसन्धानकर्ताले बुधको सतह र धर्तीको सूर्यसम्मको दुरी पत्ता लगाउन मद्दत मिलेको थियो ।
मेयोका अनुसार सन् १६३१ मा पहिलो पटक बुध सूर्यको अगाडिबाट गएको देखिएको थियो । त्यसबेला आजको तुलनामा धेरै छोटो टेलिस्कोप थियो।
अहिलेको प्रविधिको मद्दतमा बुधको ट्रान्जिटबाट अन्तरीक्ष यान र अन्य सामाग्रीको परीक्षण गर्न सकिनेछ ।
नासाका अर्का वैज्ञानिक डीन पेस्नेलका अनुसार ‘जब हामी कुनै धेरै चम्किलो चीज सामुन्ने केही देख्छौं त त्यहाँ तुवाँलो लागेजस्तो देखिन्छ । चमकदार किरणले एक प्रकारको तुवाँलो पैदा गर्छ।
‘सूर्यको सामुन्ने आउँदा बुध पनि एकदमै कालो देखिनेछ । तर हामी वैज्ञानिक प्रविधिमार्फत तुवाँलोलाई कम गरेर अध्ययन गर्छौं’, उनल भने







