ज्योतिश बास्तु तथा धर्म Friday, 6 May, 2016
Prestige Media

मातृसम्मान आमाको मुख हेर्ने, दिवस

'जननी जन्मभूमि स्वर्गादपी गरियसी' अर्थात् आमा र जन्मभूति स्वर्ग भन्दा पनि ठूला हुन् भनेर शास्त्रमा लेखिएको छ।

amma

आफूलाई यति सुन्दर जीवन दिने आमालाई नचिन्ने त कोही पनि हुँदैन। सामान्य जनावरले त आमालाई चिन्दछ भने आमाको विषयमा चिनापर्ची वा उहाँको महत्वलाई दर्शाइरहनु आजको समयमा इन्द्रको अगाडि स्वर्गको बयान जस्तै हुनजान्छ। संसारमा आमा वा सन्तानसँग जोडिएर आएका अनेकन् विषयहरुले आजको पुस्तासम्म आइपुग्दा हामीले आमा शब्दका बारेमा पर्याप्त जानिबुझीसकेका छौं। अझै पनि आमाको महत्व वा मातृवात्सल्यकाबारेमा बखान गरेर आमाप्रतिको सम्मानभाव जगाइरहनुपर्ने आवश्यकता छैन। फरक यत्ति मात्रै हो यी प्रत्येक ज्ञानी मानिसहरुले आमालाई साँच्चिकै सम्मान गर्दछन् वा आमाको मुहार सँधै हँसिलो खुशिलो बनाइराख्न सक्छन् कि सक्दैनन् । आजको कार्यक्रममा हामी नेपालमा मनाइने मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिनकोबारेमा हिन्दु शब्द हिन्दु धर्मसँग सम्बन्धित छ। तर हिन्दु धर्म, हिन्दु धर्माबलम्बी, हिन्दुस्तान, हिन्दी, हिन्द महासागर आदि।

मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनलाई एक परम पवित्र दिनको रुपमा लिनुपर्छ। आमालाई हँसिलो बनाउने एक दिनको रुपमा यसलाई लिनुहुँदैन। आमाको मुस्कान केवल एक दिनको मिठाई वा फलफूलले भरिन सक्दैन। बरु असल सन्तान आमाको एक मात्रै चाहना हुन्छ त्यसलाई पूरा गर्ने र त्यस्तै परिपथमा होमिएमा चाहिं आमाको छाती गर्वले फूल्ला।

अभियान र अहम् भन्ने कुरा मानिसभित्र रहेको केही दिनको शक्तिको उपज हो जव अलिक कमजोर महसुस गर्छ त्यसपछि अरुले हेरिदिए हुन्थ्यो भनेर दयाको चाहना राख्छ। यो क्षणिकताको कुरा नगरौं। अझ केही सन्तान हुन्छन् जसले आमाले जन्म दिनु उनको दायित्व हो यो उनको प्राकृतिक कर्तव्य पूरा गरेको होइन भन्छन्। जसरी जङ्गली जनावरले पनि बच्चा जन्माउँछन् दुध वा आहारा खुवाउँछन् हुर्काउँछन् र सक्षम बनाउँछन् भने चेतनशील प्राणी भएको नाताले आमाले पनि त्यो गर्नु र जङ्गली जनावरको जस्तै गतिविधि गर्नु कुनै अस्वाभाविक होइन भन्नेहरु पनि छन्। अर्थात् प्राकृतिक गतिविधि गर्नुलाई कुनै विशेष श्रेय दिइराख्नुपर्दैन भन्ने मान्यता राख्दछन्। तर सन्तानलाई केवल हुर्काउने मात्रै नभएर आमाले दिने अनगिन्ती भावनात्मक तथा भौतिक कुराहरु छन् जस्लाई तौलने यन्त्र छैन। आमा आफैंमा ओजस्वी र तेजस्वीकी प्रतिक हुन् साक्षात् इश्वरकी प्रतिमूर्ति हुन्। घर घरमा विद्यमान भगवान हुन्। भएभरका दुःख निवारण गर्ने संस्था हुन्। सन्तानका लागि प्राणोत्सर्ग गर्नसक्ने एक महामायाकी खानी हुन्।

‘जननी जन्मभूमि स्वर्गादपी गरियसी’ अर्थात् आमा र जन्मभूति स्वर्ग भन्दा पनि ठूला हुन् भनेर शास्त्रमा लेखिएको छ। हरेक प्राणीका लागि आमाको स्थान सर्वथा पूजनीय हुन्छ। प्रकृतिमा हरेक प्राणीले आमाद्वारा नै जीवन पाएका हुन्छन्। माँ, आमा, जननी र महतारी मदर जे भने नि आमा शब्द वृहत् छ।

आमाको महिमा अपरम्पार छ। त्यसैले आमाप्रतिको श्रद्धाभावका लागि विश्वका अधिक देशहरुमा आमा दिवस मनाउने चलन रहँदै आएको पाइन्छ। मातृ दिवसलाई आफ्नो संस्कृतिको रुपमा अङ्गीकार गर्ने मुलुकहरुसँग आफ्नै परम्परा र चलनचल्ती विद्यमान छ।

बेलायतमा मदरिङ्ग सन्डे वा ग्रीसमा यशु मन्दिरमा परम्परागत उत्सव मनाउने गरिन्छ। केही देशमा धार्मिक पवित्र दिनलाई मातृ दिवसका रुपमा छनौट गरेको पाइन्छ। उपनिवेशमा रहेका बेला धेरै अफ्रिकी मुलुकमा बेलायतबाट मातृ सम्मानको संस्कृति भित्रिएको पाइन्छ।

चीनः निकै नै लोकप्रिय रुपमा चीनमा मातृ दिवस मनाइन्छ। गरीब आमाको उद्धारका लागि 1997मा मातृ दिवसको निर्धाण गरिएको थियो। संयुक्त राष्ट्रसंघले मातृ दिवस निर्धारण गर्नुअघि नै चिनियाँहरु मातृदिवस मनाउने गर्दथे यो उनीहरुको ठूलाबडालाई सम्मान गर्ने मातृ धर्मको रुपमा अवलम्वन गरिंदै आएको संस्कृति थियो। हाल चीनमा केही मानिसहरुलेचाइनिज मदर फेस्टिवल प्रोमोशन सोसाइटी बनाएर आमाप्रतिको श्रद्धालाई अझ बढाउँदै लगेका छन्।बोलिभियाः मातृत्व दिवस 27 मे मा मनाइन्छ।

ग्रीसः ग्रीसमा मातृ दिवसका रूपमा येशुको मन्दिरमा उत्सव गरिन्छ।

जापानः मातृ दिवस जापानमा सम्राट अकिहितोकी माता महारानी कोजुनको जन्मदिनको रुपमा मनाइन्थ्यो। अचेल यसले पर्वको रुप लिएको पाइन्छ।

थाईल्याण्डः थाईल्याण्डमा मातृत्व दिवस थाइल्याण्डकी रानीका जन्मदिन रुपमा मनाइन्छ।

रोमानियाः त्यहाँ मातृ दिवस र महिला दिवसका रूपमा मनाइन्छ।अमेरिका र क्यानाडाः संयुक्त राज्य अमेरिका र क्यानाडा मे को दोश्रो आइतबारलाई मातृ दिवसको रुपमा मनाइन्छ तर यो फरक फरक हुनसक्छ। तर जहाँ जे जसरी मनाइएपनि हामीले प्रस्तुत गर्न खोजेको संसारभरि नै आमाको श्रद्धामा दिवस मनाइने रहेछ। नेपालमा “मदर पिल्ग्रिमेज फोर्टनाईट”अर्थात् “माता तीर्थ औंशी”, बैशाख महिनाको कृष्ण पक्षमा पर्छ। अमावस्याका दिन पर्ने भएकाले यसलाई “माता तीर्थ औंशी” भनिएको हो। यो शब्द “माता” अर्थात् आमा र “तीर्थ” अर्थात् तीर्थयात्रा शब्दबाट निर्माण भएको छ जसबाट जीवित वा स्वर्गीय माताहरूका स्मरणोत्सव र सम्मानमा मनाउने अर्थ हो। जसरी हुन्छ आमालाई जीवनभरि खुशी दिएर उनलाई प्रसन्न राखिरहनाले कुनै पनि सन्ततिको जीवन आशिर्वाद नै आशिर्वादले धन्य हुन्छ। यस दिवसले तमाम सन्तानलाई आमाप्रतिको श्रद्धालाई अझै उचाइमा पुर्‍याउन सकोस् भन्ने शुभकामना छ।

सुरेश चन्द्र रिजाल । संपर्क नं . ९८५१०६११२४ suresh chandra rijal J.V (ASTROLOGER )

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL