ज्योतिश बास्तु तथा धर्म Thursday, 5 May, 2016
Prestige Media

२०७३ नेपाली चलचित्रको राम्रो विकास हुनेछ र प्रविधि निकै अघि बढ्ने देखिन्छ ।

ज्योतिष विज्ञान हजारौं वर्षदेखि क्रियाशील छ र यसको आफ्नै मापन विधि छ ।
  • biraj-bhatta-parshuram-first-lookवर्ष २०७३ नेपाली साहित्य, संगीत, कला, शिक्षा तथा प्रविधि निकै अघि बढ्ने देखिन्छ । २०७३ मा धेरै चलचित्रले राम्रो व्यापार गर्न सक्छन् साहित्य लेखिन तथा त्यसको चर्चा हुन सक्छ । संगीत र कलाको राम्रो विकास हुनेछ । वैशाखको २०देखि असारको २४ सम्म शुक्र ग्रह अस्तको योग छ । यो बेला कुनै पनि शुभकार्य गरिँदैन् । विहे, व्रतबन्ध, गृहप्रवेश लगायत कुनै पनि शुभकर्म हुँदैन् । शुक्रले राजनीतिलाई पनि संकेत गर्छ । अहिलेको योगमा नयाँ सरकार गठन हुनु राम्रो हुँदैन् । यो समय उपयुक्त छैन्  यस्तो समयमा गलत राजनीतिक विचारको उदय हुनसक्छ । यसले सत्ता परिवर्तन पनि गर्न सक्छ । यसको अर्थ सरकार परिवर्तन हुने सम्भावना पनि उत्तिकै छ । वर्षको राजा शुक्र र मन्त्री बुध भएकाले मई को तेस्रो साताबाट एकाएक परिस्थितिमा सुधार आउने सम्भावना छ । अर्थशास्त्र, विज्ञान र अन्तर्राष्ट्रिय सम्बन्धमा राज्यले केही सकारात्मक काम गर्न सक्नेछ । यान्त्रिक, साङ्ख्यिक र सूचनाप्रविधिसम्बद्ध क्षेत्रमा प्रगतिको सङ्केत देखा पर्नेछ । आर्थिक, राजनैतिक र सामाजिक पृष्ठभूमिमा सुधार आए पनि मई र जुन महिनामा मङ्गल र शनि दुबै एउटै राशिमा बक्री अवस्थामा रहने भएकाले प्राकृतिक विपदा, यातायात विमान दुर्घटनाका योग बन्ने सङ्केत पनि छ ।   वास्तवमा ज्योतिष विज्ञान हजारौं वर्षदेखि क्रियाशील छ । यसको आफ्नै मापन विधि छ । वास्तुशास्त्र ज्योतिषको एक अविच्छिन्न हिस्सा हो र यो भवन निर्माणसँग सम्बन्धित छ अर्थात अर्को शब्दमा भन्दा ब्रम्हाण्डमा नित्य उपस्थित रहने कस्मिक इनर्जी तथा पञ्च तत्वको समायोजन वास्तुकलामा जुन विद्याद्वारा गरीन्छ त्यसलाई वास्तुशास्त्र भनिन्छ वास्तुशास्त्रले जीवन र जगत्को समन्वयलाई वैज्ञानिक रूपमा एकीकृत गर्ने काम गर्छ ।

suresh chandra rijal J.V (ASTROLOGER ९८५१०६११२४  )

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL