ज्योतिश बास्तु तथा धर्म Friday, 8 Apr, 2016
Prestige Media

नववर्ष विसं २०७३ मा सौम्य नामक संवत्सर, शुक्र र बुधको संयोग परेकाले राम्रो फल मिल्ने…

चैत महिनाको शुक्लपक्षको प्रतिपदा तिथिका दिनदेखि नयाँ संवत्सरको प्रारम्भ हुने गर्छ र सौम्यको सकारात्मक फल बताइएको छ ।

carrer-with-saturn

सूर्यको परिक्रमा गर्न लाग्ने तीन सय ६५ दिन र केही घण्टाको समयावधिमा प्रकृतिका नियमित क्रियाकलाप पुनः दोहोरिन थाल्छन् । ज्योतिषीय आधारमा चैत महिनाको शुक्लपक्षको प्रतिपदा तिथिका दिनदेखि नयाँ संवत्सरको प्रारम्भ हुने गर्छ । चान्द्र पद्धतिमा निर्धारण गरिने भएकाले यो समय सामान्यतया चैत देखि वैशाख १ गतेभित्रको कुनै दिन पर्ने गर्छ ।

ज्येतिषीको दृष्टिमा यस बर्ष सौम्य नाम संवत्सर परेको छ । संवत्सरको फल भने शुभ रहनेछ ।
सौम्य नामक संवत्सर सुरु भएपछि बुधको कार्यकालमा रसादि पदार्थ र कृषि उत्पादनका क्षेत्रमा सकारात्मक फल प्राप्ति हुन्छ । देशले आर्थिक समुन्नतिको बाटो अख्तियार गर्नेछ भने आम मानिसहरू पूजापाठ, धर्मकर्म र परोपकारका मार्गमा लाग्नेछन् ।

‘चैत्र शुक्ल प्रतिपदा वत्सरारम्भ’ भनी शास्त्रमा लेखिएको छ, ६० वटा संवत्सर प्रत्येक वर्ष बदलिरहन्छन्, नव वर्षको शुभारम्भका दिन स्नान गरी तेल लगाएर निमको पात सेवन गर्नाले वर्षभर आरोग्यता प्राप्त हुने विश्वास छ” ।

विसं २०७२ को अन्तसम्म कीलक नामको संवत्सर परेकाले नेपालमा भूकम्प, भारतको अघोषित नाकाबन्दी, बाढीपहिरोजस्ता नकारात्मक घटना भएकाले सौम्य नामको संवत्सर सुरु भएपछि राम्रो फल प्राप्त हुने  छ ।

चैत्र शुक्ल प्रतिपदादेखि चैत्र कृष्ण औँसीसम्म गरिने धार्मिक कर्ममा सङ्कल्प गर्दा यस वर्ष सौम्य नामको संवत्सर उच्चारण गरिन्छ । संवत्सर परिवर्तन हुने चैत्र शुक्ल प्रतिपदाका दिन शक संवत्सर पनि परिवर्तन हुन्छ । जसअनुसार शुक्रबारबाट शक संवत् १९३८ लाग्नेछ । जसलाई समितिले स्वीकृति दिएका पञ्चाङ्गमा श्रीशाके भनी लेखिएको हुन्छ ।

चैत्र शुक्ल प्रतिपदाका दिन जे बार पर्छ विसंको नयाँ वर्षभर ग्रहगोचरीय मन्त्रिपरिषद्अनुसार त्यही राजा हुने शास्त्रीय व्यवस्था रहेको छ ।
“यसैअनुसार नववर्ष विसं २०७३ को राजा शुक्र भएको हो, वैशाख १ गते जे बार पर्छ वर्षभर त्यही मन्त्री हुने विधानअनुसार २०७३ सालमा बुध मन्त्री भएको हो, यसलाई पात्रोमा राजा शुक्र र मन्त्री बुध भनी लेखिएको छ
नववर्ष विसं २०७३ मा शुक्र र बुधको संयोग परेकाले पनि राम्रो फल मिल्ने  छ । यी ग्रह आपसमा मित्र ग्रह हुन् । यसकारणले पनि विश्वमा धेरै नराम्रा घटना नहुने  विश्वास छ ।

विसं २०७२ मा शनि राजा र मङ्गल मन्त्री थिए । यी दुवै आपसमा शत्रु ग्रह हुन् । यसैले पृथ्वीमा नराम्रा घटना भएका हुन् । यो फल नेपाललाई मात्र नभई विश्वकै लागि हुनेछ । ग्रह गोचरले नै विश्वलाई सञ्चालन गर्ने शास्त्रीय मान्यता छ ।

 

ज्योतिष .पं.  सुरेश चन्द्र रिजाल

   मोबाइल नं. ९८५१०६११२४

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL