प्रमुख समाचार Friday, 1 Apr, 2016
Prestige Media

‘प्रचण्ड र बाबुरामका पछाडि जनता लाग्ने दिन गए’- राजेश हमाल

rajesh

काठमाडौं, मङ्सिर २९ । महानायक राजेश हमालले सोमबार राजीनितक बहसमा सामेल भइ अब प्रचण्ड र बाबुरामको नामकै आधारमा जनता पछाडि लाग्ने दिन नरहेको बताएका छन् । पोजेटिभ लिडरसिप’ बारे रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा उनले पहिलो संविधानसभा निर्वाचनको प्रसंग कोट्याउँदै भने, ‘पहिला प्रचण्डजी, बाबुरामजी भनेर कतिजना ज्यान फालेर लागे, अब लाग्दैनन् । किनकी जनता त्यसबेला ती नेताका पछि लागेका थिएनन्, उनीहरुको आवाजको पछि लागेका थिए । जनता र उनीहरुको आवाज एउटै थियो । तर अहिले त्यो परिवर्तन भएको छ । उनीहरुले कुनै आमसभा गर्‍यो भने अब पैसा तिरेर मान्छे ल्याउनु पर्ने हुन्छ ।’

हमालले सही नेताले सही मान्छेलाई सही ढंगबाट संयोजन गर्नसक्नु पर्ने बताए । ‘तर, हाम्रोमा यस्तो भइरहेको देखिदैन,’ उनले भने । ‘म नेपाली हाम्रो नेपाल’ले संयोजन गरेको कार्यक्रममा उनले भने, ‘संविधान जारी हुनुअघि र पछि मुलुकमा उत्पन्न राजनीतिक संकट, भारतको नाकाबन्दी र जनताले पाएको दुस्ख हेर्दा हाम्रा नेताहरुको नेतृत्व क्षमतामाथि प्रश्न उठेको छ ।’ राजनीतिमाथि टिप्पणी गर्दै उनले भने, ‘जो नेता पदमा हुँदा आफूले सबै कुरा जानेको छु भन्ठान्छ, ऊ समस्यामा पर्छ ।’

प्रजातन्त्रबारे अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिंकनको भनाई विश्वप्रसिद्ध छ । उनले भनेका थिए– ‘प्रजातन्त्र भनेको ‘अफ द पिपल, बाई द पिपल र फर द पिपल (जनताको, जनताद्वारा र जनताका लागि) हुने शासन हो ।’

कार्यक्रममा राजेश हमालले लिंकनको यो भनाईको नयाँ ढंगले व्याख्या गरिदिए । राजधानीमा अयोजित कार्यक्रममा हमालले नेपालको परिप्रेक्ष्यमा लिंकनको परिभाषालाई फरक ढंगले हेर्नुपर्ने भन्दै भने– ‘हाम्रोमा डेमोक्रेसी इज द गर्भमेन्ट अफ द पिपुल, बाई द पिपुल (जनता किनेर) र फार द पिपुल (जनताबाट टाढा) हो ।’

कान्तिपुर दैनिकबाट साभार

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बाढी पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था कस्तो ?

राजनीतिक उतारचढावबाट नआत्तिन रविको आग्रह : सिट बेल्ट बाँध्नुहोस्, गन्तव्यमा सुरक्षित पुर्‍याउँछौँ

देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

रिहा भएलगत्तै दुर्गा प्रसाईंले लगाए गृहमन्त्रीमाथि गम्भीर आरोप

डढेलो निभाउने क्रममा आकाशमै ठोक्किए दुइटा हेलिकप्टर

यी तीन प्रेदेशमा धेरै भारी वर्षा हुने सम्भावना

हिमालबाट कीर्तिमान, हिमालमै बिलाए

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL